भरतपुरमा अटोल्याण्डको अवधारणा अघि बढाउनुपर्छ : मन्त्री श्रेष्ठ
न्युजभित्तो/२३ भाद्र २०७९, बिहीबार १५:४७
चितवन,२३ भाद्र। राज्य मन्त्री उमेश श्रेष्ठले भरतपुरमा अटोल्याण्डको अवधारणा अघि सार्नुपर्ने बताएका छन् ।
चितवन अटो मेकानिकल व्यवसायी संघको २६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै श्रेष्ठले अटोको क्षेत्रमा भरतपुरको छुट्टै पहिचान बनाउनतर्फ अग्रसर हुन आग्रह गरे । उनले अटोल्याण्ड निर्माणका लागि जग्गा उपलब्ध गराउन भरतपुर महानगर समक्ष आग्रह समेत गरे ।
भरतपुर महानगरले जग्गा उपलब्ध गराएको खण्डमा बाँकी आवश्यक ब्यबस्था मिलाउन प्रधानमन्त्रीको कार्यलयको तर्फबाट आफुले सहयोग गर्ने उनको प्रतिवद्धता थियो । मन्त्री श्रेष्ठले विश्वमा नै मेकानिक्सको माग बढ्दै गएकोले भरतपुरमा आटोल्याण्ड आवश्यक रहेको बताए ।
महानगरका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारीले अटोल्याण्ड निर्माणको प्रक्रिया अगाडि बढेको बताए । अटोल्याण्ड कहाँ र कुन क्षेत्रमा निर्माण गर्ने भन्ने बिषयमा वातावरणिय प्रभावको बारेमा अध्ययन र अनुसन्धान भइरहेको पनि अधिकारीले बताए ।
महानगर अटोल्याण्ड बनाउने सवालमा जस्तोसुकै सहयोग गर्न तयार छ रहेको र यसका लागि संघ र प्रदेश सरकारसँग पहल गरिने उनको भनाइ छ । यस्तै उनले महानगर भित्रका अव्यवस्थित संरचना, पार्किङ व्यवस्थापन, नारायणी नदी किनार सि बिच मोडेललगायतका थुप्रै कामहरु प्रक्रियामा रहेको पनि बताए ।
अटो मेकानिकल व्यवसायी महासंघका अध्यक्ष जनार्दन गैरेले तत्काल अटोल्याण्ड निर्माण सुरु हुनुपर्नेमा जोड दिनु दिए । उनले नारायणगढमा निर्माण हुने भनिएको अटोल्याण्डको प्रकृयामा सहयोग गर्न पनि आग्रह गरे । अटोल्याण्ड निर्माण भए व्यवसायी तथा सेवाग्राही सबैलाई सहज हुने उनको तर्क थियोे । उनले महासंघले एक शहर एक अटोल्याण्डको अवधारणा ल्याएको बताए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले अबको २५ /३० वर्षपछि योजना बनाएर अघि बढ्न व्यवसायीहरुलाई आग्रह गरे । सभापति खनालले अटोल्याण्ड निर्माणका लागि कांग्रेस चितवन पनि सहयोग गर्न तयार रहेको बताए । उनले चितवनमा मेकानिक्स सम्बन्धी अध्ययनको पनि व्यवस्था मिलाउन नेपाल सरकारसँग अपिल गरे ।
समारोहमा विविध क्षेत्रमा सहयोग पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिएको थियोे । त्यस्तै रजत महोत्सवको अवसरमा रजत स्मारिकाको पनि बिमोचन गरिएको थियोे । कार्यक्रम संघका अध्यक्ष प्रेमप्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।