सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा चितवनको ११ बुँदे माग सार्वजनिक, सम्बोधन नभए संघर्षमा गर्ने चेतावनी


  •    न्युजभित्तो/२० भाद्र २०७९, सोमबार १२:०२ 
  • चितवन,२० भाद्र। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले ११ बुँदे माग सार्वजनिक गरेको छ ।

    आज (सोमबार) नारायणगढमा आयोजित पत्रकार सम्मेलनमार्फत नेकपा चितवनले ११ बुँदे माग सार्वजनिक गरेको हो । भाद्र १७ गते सम्पन्न ९ औं जिल्ला सम्मेलनले पास गरेको ११ बुँदे प्रस्तावहरु तत्काल कार्यान्वयन गर्न नेकपा चितवनले माग गरेको छ ।

    नेकपा चितवनले पार्टीसँग सरकारले गरेको तीन बुँदे सहमति तत्काल लागु गर्न, महासचिवलगायतका नेता कार्यकर्तालाई जारी भएको पक्राउ पुर्जी फिर्ता तथा गिरफ्तार परेकाहरुलाई तत्काल रिहाईको माग गरेको छ ।

    यस्तै एसपिपी, एमसीसी सम्झौता खारेज गर्न, नागरिकता विधेयक खारेज गर्न, वर्षेनी किसानले भोग्नु परेको मलको समस्या समाधान गर्न, चितवनको कृषियोग्य जमिनमा भइरहेको जग्गा प्लटिङ खण्डीकरण रोक्न, मिटरब्याज कारोबार रोकी पीडितलाई न्याय दिलाउन, चितवन राष्ट्रिय निकुञ्जले बिकास निर्माण पारेको समस्या र जङ्गली जनावरको आक्रमणबाट हुने मानविय तथा बालिनालीको क्षति रोक्नका लागि विज्ञानिक पहलकदमी अघि बढाउन माग गरिएको छ ।

    स्थानीय निकाय र सरकारी कार्यालयको भ्रष्टचार अन्त्य गर्न, निजी स्कुल र स्वास्थ्य केन्द्रले १० प्रतिशत पूर्ण नि:शुल्कको न्युनतम प्रावधान कडाईका साथ लागु गर्न, सुकुम्बासी समस्या समाधान गर्न तथा जनतालाई बिकास निर्माणको शिलान्यासको भ्रममा नपार्न पनि नेकपा चितवनले माग गरेको छ ।

    यि मागहरु तत्काल पुरा नभए संघर्षमा उत्रिने नेकपा चितवन सेक्रेटरी रुद्र भट्टराईले चेतावनी दिए । यसैबीच नेकपा चितवनको हालै सम्पन्न नवौं जिल्ला सम्मेलनले रुद्र भट्टराईले सेक्रेटरी रहने गरी ५१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मतले निर्वाचित गरेको समेत पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.