सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन–२ को प्रदेशमा एमालेका १८ नेताको आकांक्षा, वडा अध्यक्षदेखि जिल्ला अध्यक्षसम्म


  •    न्युजभित्तो/१९ भाद्र २०७९, आईतवार १७:०४ 
  • चितवन, भदौं १९ । मंसिर ४ गते हुन गइरहेको निर्वाचनको लागि चितवन क्षेत्र नम्बर २ को प्रदेश सभामा एमालेका १८ नेताले प्रत्यक्षमा आकांक्षा देखाएका छन् ।आकांक्षीहरुमा एमालेका वडा अध्यक्षदेखि पार्टीको जिल्ला अध्यक्षसम्मले एमाले क्षेत्रीय कमिटीमा आवेदन दिएका हुन् ।

    चितवन–२ ‘ख’ मा एमालेका पूर्वजिल्ला उपाध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य तेजेन्द्र खड्का, एमालेका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, भरतपुर वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष बाबुराम अधिकारी, संविधानसभा सदस्य तथा एमाले प्रदेश कमिटी सदस्य शारदा कुमाल, एमाले प्रदेश कमिटी सदस्य पुरुषोत्तम न्यौपाने, एमाले प्रदेश कमिटी सदस्य शान्ति अधिकारी, विद्यार्थी नेता ऋषि रेग्मी, एमाले प्रदेश कमिटी सदस्य शम्भु सुवेदी, एमाले प्रदेश कमिटी सदस्य कृष्णबहादुर परियार, एमाले प्रदेश कमिटी सदस्य लक्ष्मीकान्त चालिसे र एमाले भरतपुर ११ का अध्यक्ष रहेका छन् । त्यसैगरी चितवन–२ ‘क’ मा एमालेका सात जना नेताहरुले प्रत्यक्षतर्फ प्रदेश सभामा आकांक्षा देखाउँदै पार्टीमा आवेदन दिएका छन् । जसमा अधिकांश प्रदेश कमिटी सदस्य रहेका छन् । प्रदेश ‘क’ का आकांक्षीहरुमा एमाले इच्छाकामना गाउँपालिका अध्यक्ष कृष्णप्रसाद सिलवाल, एमाले कालिका नगर कमिटी अध्यक्ष केशब लामा, कालिका नगरपालिकाका पूर्वमेयर तथा एमाले प्रदेश कमिटी सदस्य खुमनारायण श्रेष्ठ, इच्छाकामनाका एमाले प्रदेश कमिटी सदस्य चन्द्रमणि सापकोटा, कालिका नगरपालिकाका पूर्ववडा अध्यक्ष टीकाराज रिजाल, इच्छाकामनाकै प्रदेश कमिटी सदस्य प्रकाश अधिकारी र इच्छाकामनाकै एमाले नेतृ ज्ञानुदेवी पाण्डे त्रिपाठी रहेका छन् ।

    समानुपातिकतर्फ भने एमालेले भदौं २२ गतेसम्म आवेदन दिने समय तोकेको छ ।

    एमाले भरतपुर महानगरपालिका सचिव टीका सुवेदीले आवेदन दिँदा पार्टी नेताहरुसँग एक हजार सहयोग शुल्क लिइएको नारायणी अनलाइनलाई बताए । उनका अनुसार चितवनमा संकलन गरिएको आकांक्षीहरुको नामलाई पार्टी जिल्ला कमिटीले अध्ययन गरी एक महिलासहित तीन जनाको नाम प्रदेश कमिटीमा पठाउँने छ र प्रदेशबाट एक जनाको नाम केन्द्रमा पुगेपछि केन्द्रबाट टिकट वितरण हुनेछ । उनले एमाले पार्टीबाट सांसद पदका आकांक्षीहरुको संख्या बढ्नु स्वभाविक नै भएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘एमाले जस्तो ठूलो पार्टीमा योग्य र सक्षमहरु धेरै भएकोले पार्टीमा आकांक्षीहरु बढी हुनु स्वभाविक हो । धेरैले जनताको सेवा भाव राख्नु स्वभाविक नै हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.