सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रचण्डको चुनावी कमाण्डर रेनु भन्छिन्: बल्ल कांग्रेसले प्रचण्डलाई गुन तिर्ने पालो आउँदैछ


  •    न्युजभित्तो/१९ भाद्र २०७९, आईतवार १५:५८ 
  • चितवन,१९ भाद्र।नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला इन्चार्ज रेनु दाहालले नेपाली कांग्रेसले पुष्पकमल कमल दाहाल (प्रचण्ड) लाई गुन तिर्ने समय आएको बताएकी छन् ।

    प्रचण्डको चुनावी कमाण्डर समेत रहेकी रेनुले आउँदो प्रतिनिधि सभा निर्वाचन कांग्रेसका लागि प्रचण्डलाई गुन तिर्ने मौका भएकी बताएकी हुन् । प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको भन्दै मंसिर ४ को निर्वाचनमा कांग्रेसले त्यसको गुन तिर्नुपर्ने उनको भनाइ छ ।

    ‘अध्यक्ष प्रचण्डले पटक-पटक कांग्रेसलाई गुन लगाउनु भएको छ । शेरबहादुर देउवा ज्युलाई पनि प्रधानमन्त्री बनाउने, सरकारको नेतृत्व गर्ने सवालमा उहाँको जुन योगदान छ । हिजो बाम गठबन्धन भयो । बल्ल कांग्रेसलाई अध्यक्ष प्रचण्डलाई गुन तिर्ने पालो बल्ल आएको छ’, उनले भनिन् । उनले कांग्रेससँगको गठबन्धनले प्रचण्डलाई थप सहज हुने विश्वास समेत व्यक्त गरिन् ।

    यस्तै प्रचण्ड चितवन निर्वाचन क्षेत्र ३ बाट नै चुनाव लड्ने समेत प्रष्ट पारिन् । चितवनको बिकासका लागि प्रचण्ड नै आवश्यक रहेको उनको भनाइ छ । प्रचण्ड चितवन ३ बाट नै चुनाव लड्नुपर्छ भन्ने जनताको माग रहेको उनले बताईन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.