सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य कमलबहादुर घिमिरे एमालेमा फर्किए


  •    न्युजभित्तो/१६ भाद्र २०७९, बिहीबार १६:१० 
  • चितवन, १६ भदौ । नेकपा (एकीकृत समाजवादी) का जिल्ला कमिटी सदस्य कमलबहादुर घिमिरे एमालेमा फर्किएका छन् । पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १० निवासी घिमिरे समाजवादीको वडा कमिटी इन्चार्ज समेत रहेका थिए ।

    आम निर्वाचन नजिकिंदै गर्दा घिमिरे एमालेमै फर्किका हुन । एमाले जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टी उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले उनलाई पार्टीमा पुनः स्वागत गरेका थिए । कार्यक्रममा एमालेका केन्द्रीय सदस्य जेएन थपलिया, नेता विजय सुवेदी, जिल्ला सचिव प्रकास खनाल, जिल्ला सदस्य राजाराम रेग्मीको उपस्थिति रहेको थियो ।

    घिमिरेले विहीवार नै एमालेमा पार्टी सदस्यता नविकरण गरेका छन् । “समाजवादीमा विचलन देखियो” उनले भने “त्यहाँ बस्न मन नलागेर पुरानै घर फर्किएँ ।” घिमिरेको वडाबाट स्थानीय तहको निर्वाचन अघि समाजवादीबाट चन्द्रकान्त ओझा लगायत जिम्मेवार पदमा भएका नेताहरु एमालेमा फर्किएका थिए ।

    घिमिरेले वडामा रहेका अन्य समाजवादीका नेता तथा कार्यकर्ताहरु पनि एमालेमा फर्किने विश्वास व्यक्त गरे । आम निर्वाचन नजिकिएसँगै समाजवादीबाट नेता तथा कार्यकर्ताहरु एमालेमा फर्किन थालेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.