सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सिट बाँडफाँटको झमेलाले सुर्खेत आएनन् प्रचण्ड


  •    न्युजभित्तो/१६ भाद्र २०७९, बिहीबार ११:२७ 
  • सुर्खेत, भदौ १६। पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ ।

    सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि बिहीबार प्रचण्डलाई नै सहभागी गराएर सहमतिको प्रयास गर्ने कांग्रेसको अडानका कारण प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको हो । शुक्रबार एक घण्टाको समय भए पनि समय मिलाएर सुर्खेत आउने विषयमा कुरा भएका नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।कर्णाली प्रदेशको बैठक भने निरन्तर हुने मल्लले जानकारी दिए । १० जिल्लाका जनप्रतिनिधि, केन्द्रीय सदस्य , जनवर्गीय संगठनका केन्द्रीय सदस्य, प्रदेश सदस्य लगायतलाई सुर्खेतमा बिहीबार हुने बैठकमा सहभागी हुन सकुलर गरिएको थियो । उक्त कार्यक्रममा उपहासचिव शक्तिबहादुर बस्नेत , जनार्दन शर्मा भने सहभागी हुनेछन् ।

    बिहीबारको बैठकमा कर्णालीमा माओवादीले चुनावमा गरेको भित्री आ‌ंकलनदेखि १० जिल्लाको रिर्पोटिङ गर्ने कार्यक्रम रहेको छ । चुनावको मुखैमा मन्त्री फेरबदलले माओवादी वृत्तमा ठूलो हचचल ल्याएको छ । श्रीमतीलाई मन्त्री बनाउने चर्चादेखि टिकट वितरणमा आफन्तवाद लागू हुन सक्नेसम्मको चर्चा बढिरहेको छ ।

    बुधबार मात्र नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल सुर्खेत आएर पार्टीको प्रशिक्षणमा भाग लिएका थिए । चुनाव नजिकिँदै गर्दा कर्णाालीमा राजनीतिक सरगर्मी बढिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.