सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मन्त्री उमेश श्रेष्ठले चितवन-२ बाट चुनाव लड्न पार्टीमा आवेदन दिए


  •    न्युजभित्तो/१५ भाद्र २०७९, बुधबार १५:४४ 
  • चितवन,भदौ १५ । राज्यमन्त्री उमेश श्रेष्ठले चितवन निर्वाचन क्षेत्र नं.२ मा प्रत्यक्षबाट उम्मेदवार बन्न पार्टीमा आवेदन दर्ता गराएका छन् । मंगलबार चितवन निर्वाचन क्षेत्र नं. १ मा नाम दर्ता गराएका श्रेष्ठले क्षेत्र नं. २ मा आज (वुधबार) दिउँसो नाम दर्ता गराएको कांग्रेस क्षेत्रीय सभापति भरत लामिछानेले जानकारी दिए ।

    राज्यमन्त्री श्रेष्ठले आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फबाट लड्ने चाहना व्यक्त गर्दै आएका थिए । दुई पटकसम्म समानुपातिकतर्फबाट सांसद बनिसकेका श्रेष्ठ यसपालि प्रत्यक्ष निर्वाचित सांसद बन्न खोजेका हुन् । क्षेत्र नं.२ आफ्नो लागि अनुकुल हुन नसक्ने बुझेका राज्यमन्त्री श्रेष्ठले क्षेत्र नं. १ मा आवेदन दर्ता गराउन पुगेका थिए ।

    जिल्ला पार्टी सभापति राजेश्वर खनालले एक ब्यक्तिले एक निर्वाचन क्षेत्रको प्रत्यक्ष वा समानुपातिककमा मात्रै नाम दर्ता गर्न गराउन एक सर्कुलर जारी गरेका थिए । तर, श्रेष्ठले विधान विपरीत चितवन-२ बाट पनि प्रत्यक्षमा नाम दर्ता गराएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.