सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रेस चौतारी चितवनले ‘जोखिम पत्रकारिता पुरस्कार’ वितरण गर्ने


  •    न्युजभित्तो/१५ भाद्र २०७९, बुधबार १०:४३ 
  • चितवन, भदौ १५। प्रेस चौतारी नेपाल जिल्ला शाखा चितवनले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई यस बर्ष पनि जोखिम पत्रकारिता पुरस्कार दिने भएको छ । चौतारी चितवनको चौथौ पूर्ण बैठकले जिल्लामा रहेर कोरोना भाइरसको संक्रमण, बाढी, पहिरो, डुवान तथा अन्य जोखिम मोलेर पत्रकारिता गर्ने चितवनका दुई जना पत्रकारलाई पुरस्कार दिने निर्णय गरेको हो ।चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले दिएको जानकारी अनुसार पुरस्कार प्रदान गर्ने पत्रकार छनोट गर्न पत्रकार महासंघ चितवनका पूर्वअध्यक्ष हरिप्रसाद पोखरेलको संयोजकत्वमा पत्रकार महासंघ चितवनका सचिव दीपेन्द्र अधिकारी र कुलप्रसाद काफ्ले रहेको तीन सदस्यीय समिति गठन गरिएको छ । भदौ महिना भित्र नै प्रदान गर्ने चौतारीले जनाएको छ ।

    सो समितिले एक साता भित्र दुई जना पत्रकारको नाम सिफारिस गर्ने प्रेस चौतारी चितवनले जनाएको छ । दुई पत्रकारले सम्मानसहित जनही १०/१० हजार नगद रकम पुरस्कार पाउनेछन् । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले चितवनमा प्राकृतिक विपत्ति (बाढी, पहिरो) को रिर्पाेटिङ विषय होस् वा निकुञ्जमा रिर्पाेटिङ गर्न जाँदा होस् वा महामारीका बेला स्वास्थ्य क्षेत्रको विषयमा पत्रकारिता गर्दा पत्रकारहरुले जोखिम मोलिरहनु परेको बताए ।

    एनआरएनए जापानका राष्ट्रिय कमिटीका पूर्वसचिव, प्रवासी नेपाली मञ्च पूर्वी एशिया महादेशीय कमिटीका अध्यक्ष एवम् चितवन समाज जापानका पूर्व अध्यक्ष डा.सरोज कँडेलले पुरस्कारको संयोजन गरेका हुन् । प्रेस चौतारी चितवनले गत बर्षबाट जोखिम पत्रकारिता पुरस्कार दिन सुरु गरेको हो । गत बर्ष चितवन पोष्ट दैनिकका कुलप्रसाद काफ्ले र ‘चितवन आज’ अनलाइनका हिरालाल आचार्यलाई जोखिम पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड
    • भरतपुर–लुम्बिनी–पोखरा बीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल
    • सांसद सुनारलाई औपचारिक कार्यक्रममा सहभागी नहुन रास्वपाको निर्देशन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.