सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज बस्दै
न्युजभित्तो/७ भाद्र २०७९, मंगलवार १३:४८
काठमाडौं,७ भाद्र। मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।
कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए ।
भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरुको तयारी छ ।निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेका थिए ।