सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चम्ल्याहा शिशुको जन्म, शिशुको स्वास्थ्य अवस्था सामान्य


  •    /८ आश्विन २०७६, बुधबार २२:१७ 
  • काठमाडौँ । धनगढीकी खगित्रा शाहीले चम्ल्याहा (चार शिशु)लाई जन्म दिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँको उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ प्राध्यापक चिकित्सक चन्दा कार्कीले जानकारी दिनुभयो ।

    आठ महिनाको गर्भलाई उहाँ लगायतको चिकित्सकको टोलीले शल्यक्रियामार्फत ती नवजात शिशुको जन्म गराएको थियो । हाल ती शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । ती नवजात तीन शिशुको तौल क्रमश: १.४, १.५, १.६ केजी र एकको ९५० ग्राम रहेको अस्पतालले जनाएको छ । सामान्यतया नवजात शिशु जन्मिँदा २ देखि २.५ किलो हुनुपर्ने मानिन्छ । धनगढीबाट उपचार गर्न सो अस्पतालमा ल्याइएको खगित्राका श्रीमान् पद्म शाहीले जानकारी दिनुभयो ।

    चम्ल्याहा शिशुको जन्म विरलै हुने गर्दछ । खगित्राको सामान्य अवस्थामा गर्भ रही चम्ल्याहा जन्मिएका प्रा डा कार्कीले बताउनुभयो । ती शिशुलाई केही साता विशेष निगरानीमा राखी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.