सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ७५ पुग्यो


  •    /६ आश्विन २०७६, सोमबार १९:३४ 
  • ढाका, (रासस/सिन्ह्वा) । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस बर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ ।

    स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस बर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो ।

    मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा दुई, जुनमा छ, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा चार जनाको मृत्यु भएको छ ।

    अझै १४ हजार १९१ डेङ्गुका विरामीले बङ्गलादेशका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । बङ्गलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६३६ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको बताइएको छ ।

    अद्यापि डेङ्गुका विरामीको सङ्ख्या क्रमश घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ । विगत २४ घण्टामा राजधानी ढाकामा १४३ सहित देशभर ४६१ जनाले डेङ्गुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ ।

    बङ्गलादेशमा गत बर्ष १० हजार १४८ जनामा डेङ्गुको सङ्क्रमण भएको र २६ जनाको मृत्यु भएको थियो । गत बर्षको तुलनामा यसबर्षको सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढेको देखिन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी
    चितवनको शवदाह गृह सञ्चालनमा आउन सकेन
    बन्दीपुरमा क्यान्टिलिभर ग्लास स्काइ वाक बन्दै
    • आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिको जोड
    • नयाँ गठित ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ ले गर्नेछ यी काम
    • सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम
    • मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.