सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको वागी उम्मेदवार पौडेललाई कांग्रेसीकै साथ घट्दो


  •    न्युजभित्तो/२७ बैशाख २०७९, मंगलवार १५:५३ 
  • भरतपुर,२७ बैशाख– नेपाली कांग्रेसमा रहेर सधैँ विद्रोह र असहयोग गर्दै आएका चितवनका नेताहरु भरतपुर महानगरको वागी उम्मेदवार जगन्नाथ पौडेललाई सघाउने समूहमा देखिएका छन् । पौडेललाई साथ दिनेमा केही कांँग्रेसको महाधिवेसन प्रतिनिधि, जिल्ला समितिमा पराजित उम्मेदवारहरु छन् ।

    भरतपुर–७ बाटै महाधिवेशन प्रतिनिधिमा पराजित र जिल्ला सभापति बन्ने सपना पुरा नभएपछि पौडेल असन्तुष्ट बन्दै आएका थिए ।पौडेलको पक्षमा खुलेर लागेका चितवन कांग्रेसका अधिकांश नेता, कार्यकर्ताहरु मतदानको दिन नजिकिदै गर्दा गठबन्धनकै चुनावी अभियानमा सक्रिय बन्न थालेका छन् ।

    कांग्रेस चितवनका पूर्व सभापति कृष्णलाल सापकोटा २०५१ मा कांग्रेसका गंगाधर लम्साल ३ नम्बर क्षेत्रबाट चुनाव जित्दा समेत विद्रोह गरेर बागी उम्मेदवार बन्न खोज्दा तरुण दलले रोकेको थियो । सापकोटाले केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ विरुद्ध समेत संसदीय चुनावमा बागी उम्मेदवारी दिन लागेपछि पार्टीले उनलाई आमन्त्रीत केन्द्रीय सदस्य बनाएर थमथमाएको थियो । पौडेलको पक्षमा उभिएका भीमबहादुर श्रेष्ठ पुराना कम्युनिष्ट नेता हुन् ।

    उनी २०३८ मा नेकपा (प्रजातन्त्रवादी) का तर्फबाट सांसद बनेका थिए । पौडेलको पक्षमा लागेका शम्भु अर्याल, महेन्द्रराज श्रेष्ठ, सूर्य बस्नेत, तारा पौडेल महाधिवेशन प्रतिनिधिमै हारेपनि कांग्रेस विरुद्धको मोर्चामा उभिएका छन् । चितवनको सचिवमा पराजित आनन्द राउत, दिपक अधिकारी, जिल्ला सदस्यमा पराजित धुर्व मिश्र, इश्वरी कँडेल नेता हुन् ।

    कांग्रेसभित्र निर्वाचित हुन नसकेपछि निर्वाचन जिल्ला समिति विरुद्धको मोर्चामा लागेका केही नेताहरुको साथ मेयर उम्मेदवारलाई पौडेललाई भएको देखिन्छ । पौडेललाई साथ दिंँदै आएकी मिना खरेल २०७४ मा महानगरको उपमेयरको टिकट नदिएपछि निरन्तर कांग्रेसभित्र असन्तुष्ट बन्दै आएकी थिइन् ।

    गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेसीहरु लागेपछि पौडेलको पक्षमा लागेका अधिकांश नेता, कार्यकर्ताले पौडेलको साथ छाड्ने क्रम बढ्दो छ । केही दिन अघि देखि पौडेलको चुनावी कोणसभामा समेत कांग्रेसीहरुहरुको संख्या न्यून थिए । पौडेल यस्ता वागी उमेद्वार हुन् जसले हालसम्म महानगर विकासप्रतिको प्रतिवद्धतापत्र समेत जारी गर्न सकेका छैनन ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग
    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    • विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.