चितवन,२७ बैशाख। भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार रेनु दाहाललाई यतिबेला निर्वाचनको धपेडी छ । गठबन्धनमा भागबन्डा मिलाउन सकस भयो भने माओवादी केन्द्रलाई मेयर छाडेका कारण कांग्रेसमा असन्तुष्टि छ । पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनलाई बागीको दबाव अहिले पनि छ । एमालेले राप्रपासँग गठबन्धन गरेकाले पनि गटबन्धनलाई सहज छैन । तर पछिल्लो समयमा आफ्नो पक्षमा कांग्रेसका नेताहरू खुल्दै गएकाले माओवादी केन्द्रकी उम्मेदवार रेनुलाई केही राहत महसुस भएको छ । भरतपुर महानगरमा विकासको राम्रा काम गरेकाले लोकप्रिय मतका साथ चुनाव जित्ने रेनुको दाबी छ ।