सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयरका उम्मेदवार सुवेदीको प्रतिबद्धताः विदेशिएका युवालाई भरतपुर फर्कन आव्हान गर्दछौं


  •    न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार १६:५९ 
  • चितवन, वैशाख २५- भरतपुर महानगरका एमालेका उम्मेदवार विजय सुवेदीले आफूहरु महानगरमा निर्वाचित भएपछि सबै विदेशिएका युवाहरुलाई भरतपुर फर्कन आव्हान गर्ने बताएका छन् ।

    नारायणगढको क्याम्पाचौरमा एमालेले गरेको चुनावी सभामा सुवेदीले भरतपुरमा निर्वाचित भएसँगै पहिलोपटक लगानी सम्मेलन गरेर रोजगारीको सिर्जना गरी युवाहरुलाई फर्कन आव्हान गर्ने बताएका हुन् । उनले युवाहरुलाई भरतपुरमा आमाबुबासँगै बस्न पाउने बनाउन सकिने विचार राख्दै अरु देशका शहरले विकास गरेजस्तै विकास गर्न सकिने बताए । उनले नेपालकै नमुना र बस्न योग्य शहर बनाउन सकिने दाबी गरे । सुवेदीले भने, ‘भारतमा पहिलोपटक गएर केजरीवाललाई भेट्न चाहन्छु । सबै पार्टीसँग सहकार्य गर्दछों । एमालेको मात्र नभई सबैको मानिस हुन्छु । भरतपुरको लागि सहयोग गर्ने सबैको साथ सहयोग गर्ने छौं । भरतपुरमा एक वर्षमा चार लाख विरुवा लगाउँछौं । भरतपुर एउटा बगैँचा बनाउँने छौं । पवित्र नारायणीलाई शुद्ध बनाउने छौं । भरतपुरमा कोही भोको, नाङ्गो र माग्ने हुँदैन । लोककल्याणकारी राज्य निर्माण हुनेछ । ’

    मेयरका उम्मेदवार सुवेदीले विगत पाँच वर्षमा भरतपुरमा मेयरले आफैले शिलान्यास गरेर आफैँले समापन गरेको कुनै योजना नभएको बताए । उनले भने, ‘ नारायणी नदी किनारमा देवघाटसम्म रेलिङ हालेर पार्कको रुपमा विकास गर्ने आफूसँग योजना भएको बताए । उनले भने, ‘ हामी निर्वाचित भएपछि यसरी सभामा गर्मीमा बस्नुपर्देन, हजारौं मानिस बस्न मिल्ने सभास्थल बनाउँछौं । अहिलेको मेयरले रिङरोडलाई जग्गा छुट्याउन सक्नु भएको छैन । हामी दुईवटा रिङरोड बनाउँछौं । भित्री र बाहिरी रिङरोड बनाउँर्छौ । पाँच वर्षपछि कोही पनि मानिस गरिबीको रेखामुनि हुँदैन । भरतपुर माग्ने होइन दिने महानगरपालिका हो भन्ने बनाउँछौं । मेयर र उपमेयरले महानगरले छाड्दैनौं । भरतपुरमा करको दर बढाउँदैनौं, दायरा बढाउँदैनौं । प्रत्येक तीन महिनामा सार्वजनिक सुनुवाइ गर्छौ । सेवा निवृत्त कर्मचारीहरुको योग्यता र क्षमता भरतपुरको निर्माणमा परिचालन गर्दछौं ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.