सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनमतको अपमान र असुरक्षा हुने घटनाप्रति नेकपा एमाले चितवन सचेत छ : अध्यक्ष न्यौपाने


  •    न्युजभित्तो/२५ बैशाख २०७९, आईतवार ११:१२ 
  • चितवन, २५ वैशाख । नेकपा (एमाले) चितवनले आसन्न निर्वाचनमा हुन सक्ने धाँधली र मतपत्र च्यातिनसक्ने घटना रोक्न योजना बनाएको छ । गत निर्वाचनमा भरतपुरमा मतपत्र च्यातिएपछि यस पटक एमालेले पूर्व तयारी गरेको हो ।

    एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेका अनुसार यसपटकको निर्वाचनमा धाँधली रोक्न सम्पूर्ण तयारी गरिएको छ । उहाँले भन्नुभयो “राज्यशक्ति नै लागेर धाँधली गर्न खोजेमा पनि त्यसलाई रोक्ने गरी हामीले पनि तयारी गरेका छौं ।”

    लोकतन्त्रमा भयरहित वातावरणमा मतदान र धाँधलीरहित तरिकाले परिणाम ल्याउने वातावरण सिर्जना हुनु पर्ने बताउँदै न्यौपानेले भन्नुभयो “जनताको मत नै अन्तिम निर्णायक हुन्छ । हामी जनताले दिने मतको सम्मान गर्न चाहन्छौं । जनताले व्यक्त गरेको मतको अपमान र असुरक्षा हुने घटनाप्रति नेकपा (एमाले) चितवन सचेत छ ।”

    भरतपुरमा विगतमा भएका घटनाहरुलाई मध्यनजर गर्दै नेकपा यस पटक जनमतको सुरक्षाको सवाललाई महत्वपूर्ण रुपमा उठान गर्दै आएको उहाँले बताउनुभयो । न्यौपानेले भन्नुभयो “हामीले निर्वाचन आयोग, प्रहरी प्रशासनलाई जनताले भयरहित वातावरणमा मतदान गर्न पाउनुपर्ने र जनताको मतलाई सुरक्षित तवरले गणना गरी परिणाम बाहिर ल्याउन निरन्तर दबाब दिइरहेका छौं ।”

    जसरी पनि भरतपुर जित्ने भनेर राज्यसत्ता अनेक खालका हत्कण्डामा लागेको भन्दै उहाँले एमालेले जनमतको बलमा त्यो हत्कण्डालाई रोक्ने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “उम्मेदवारको मनोनयनदेखि नै भरतपुरमा थालिएको सत्ताको दुरुपयोग चुनावसम्म पुग्दा अझै बढ्ने नै छ । अघिल्लोपटक मतपत्र च्यात्न सहयोगी भएको निर्वाचन आयोग र तत्कालिन प्रशासन यसपटक धाँधलीका अनेक काण्डको हिस्सेदार नबनोस् भन्ने सचेत गराउन चाहन्छौं ।”

    शान्तिपूर्ण र भयरहित वातावरणमा मतदान गरी सुरक्षित तरिकाले मतगणना गर्नेसम्मका काममा एमाले सयोग गरेर जिम्मेवार पार्टीको रुपमा आफ्नो भूमिका निर्वाह गर्न चाहेको न्यौपानेको भनाई छ । बि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरमा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । उक्त घटनापछि भरतपुर १९ मा पुनः मतदान भएको थियो । यस पटक पनि यस्तै घटना दोहोरिन सक्ने भन्दै भरतपुरवासीले चिन्ता व्यक्त गर्दै आएका छन् । 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.