सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेयर महतो र उपमेयरमा पौडेललाई जिताउन आग्रह


  •    न्युजभित्तो/२४ बैशाख २०७९, शनिबार २२:२४ 
  • माडी २४ वैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष एवम् पूर्व मन्त्री बिक्रम पाण्डेले माडीको समग्र विकासको लागि माडी नगरपालिकाको मेयरमा ताराकाजी महतो र उपमेयरमा मदन पौडेललाई जिताउन माडीका मतदाताहरुलाई आग्रह गर्नुभयो।

    राष्टिय प्रजातन्त्र पार्टी निर्वाचन परिचालन समितिले शनिबार माडीका विभिन्न स्थानहरुमा आयोजना गरेको चुनावी सभाहरुमा बोल्दै पुर्वमन्त्री बिक्रम पाण्डेले नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच मेयर र उपमेयर पदमा सहमति गरेर अगाडि बढ्ने निर्णय भएकोले कुनै दुविधामा नपरी प्रतिबद्ध भएर मेयरमा सूर्य र उपमेयरमा हलो चिन्हमा मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गर्नुभयो ।


    मेयर उपमेयरमा सहमति भएअनुसार मतदान गर्न र वडाको निर्वाचनमा स्वच्छ प्रतिस्पर्धा गरी आआफ्ना उम्मेदवारहरुलाई जिताउन मतदाताहरुलाई आग्रह गर्दै पुर्वमन्त्री पाण्डेले गाउँगाउँमा गएर मतदाता शिक्षा दिन सबै कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।

    माडीमा विकासका सम्भावनाहरु धेरै रहेको चर्चा गर्दै पुर्वमन्त्री पाण्डेले माडी विकासको लागि आफुले धेरै विकासका कामहरु गरेको र विकसित माडी बनाउने योजना आफुसँग रहेको स्पष्ट पार्नुभयो ।

    कार्यक्रम माडी नगरपालिका उपमेयर पदका प्रत्यासी मदन पौडेलले माडीको सुकुम्बासी समस्या,रिउ करिडोर, रोजगारको व्यवस्था, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन क्षेत्रमा विकासका लागि विभिन्न योजनाहरु लिएर विकसित माडी बनाउने उद्देश्यका साथ आफूले उपमेयरमा उम्मेदवारी दिएकाले नेकपा एमालेसँगको सहमतिअनुसार मेयरमा सूर्य र उपमेयमा हिलोमा मतदान गर्न सबै मतदाताहरुलाई आग्रह गर्नुभयो ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल माडीले पूर्वमन्त्री बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा माडीका सेरुवा, बरुवा, भैरवपुर, चिरौली, घोसरी, बघौडा, रेवाटोल, रतनी, धोबाह, बसन्तपुर, स्याउलीबास, गौरीनगर, जीवनपुर, चौकीडाँडामा चुनावी सभा सम्पन्न गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी माडीका प्रचार प्रसार समितिका संयोजक संजयकाजि महत्तोले जानकारी दिनुभयो ।


    वैशाख २७ गते पनि पुर्वमन्त्री बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा माडीका विभिन्न स्थानहरुमा चुनावी सभाको आयोजना गरिने प्रचार प्रसार समितिका संयोजक संजयकाजि महत्तोले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.