भरतपुरमा गठबन्धनको आमसभा, देउवा, प्रचण्ड, रामचन्द्र र गगनले सम्बोधन गर्ने
न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार १३:३२
चितवन,२० बैशाख– आसन्न स्थानीय तहको निर्वाचन अघि भरतपुरमा सत्ता गठबन्धन दलको आमसभा हुने भएको छ । बैशाख २२ गते आमसभा गर्ने निर्णय भएको नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोख्रेलले जानकारी दिए ।
आमसभा केन्द्रीय बस टर्मिनल (पारस बसपार्क) मा हुने पोख्रेलले बताए । आमसभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका महामन्त्री गगन थापालगायतले सम्बोधन गर्नेछन् ।
यस्तै कांग्रेसका नेता शेखर कोइराला, जसपा र राष्ट्रिय जनर्मार्चाका नेताहरुले सम्बोधन गर्ने उनले जानकारी दिए । आमसभाको तयारी थालिएको उनले बताए । थप बिषयमा छलफल गर्न अहिले बैठक बसिरहेको समेत उनले जानकारी दिए ।
सत्ता गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रबाट रेनु दाहाललाई उठाएको छ । यस्तै कांग्रेसबाट चित्रसेन अधिकारी उपमेयरमा उठेका छन् ।