सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“ओलीले भरतपुरलाई स्मार्ट सिटीबाट हटाएको भन्ने हल्ला निराधार”


  •    न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार १२:३९ 
  • भरतपुर, ३० वैशाख । तत्कालिन प्रधानमन्त्री केपी ओलीले भरतपुरलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाको सूचीबाट हटाएको भन्ने हल्ला निराधार पुष्टि भएको छ । चुनाव नजिकिँदै जाँदा ओलीले भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनि भ्रम छर्ने प्रयास भइरहेको छ ।

    तर, तथ्य भने त्यस्तो छैन । चालु आर्थिक वर्षको बजेटमा तत्कालिन ओली सरकारले भरतपुुरको स्मार्ट सिटीको बजेट काटेको भनेर गरिएको हल्ला तथ्य र आधारहिन भएको पुष्टि भएको छ । जनताको बीचमा यहीँ कुरालाई उठाएर विपक्षी गठबन्धनका कार्यकर्ताले भ्रम छर्न खोजिएको देखिन्छ ।

    त्यसबेला नै भरतपुरलाई स्मार्ट सिटी बनाउने योजनाको सूचीबाट हटाएको भनेर केही सञ्चारमाध्यममा समाचार आएपछि शहरी विकास मन्त्रालयले एक विज्ञप्ती नै जारी गरेर भरतपुरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना नहटाएको जनाएको थियो ।

    मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भरतपुरसहित बाराको निजगढ, गोरखाको पालुङ्टार, कैलालीको टिकापुरलाई स्मार्ट सिटीको सूचीबाट हटाएको भन्ने कुरा कपोल्कल्पित भएको उल्लेख गरिएको छ । मन्त्रालयले यस्ता सम्बेनशील विषयमा भ्रम सिर्जना हुने गरी समाचार प्रकाशन नगर्न र आधिकारिक पदाधिकारीबाट बुझ्न विज्ञप्तीमार्फत सचेत गराएको थियो ।

    केपी ओली सरकारकै पालामा नारायणगढ–गोन्द्राङ ६ लेन सडकका लागि बजेट विनियोजन गरेर अहिले धमाधम काम भैरहेको छ । यस्तैं, एमाले नेतृत्वमा रहेको जिल्ला समन्वय समितिको सहजीकरणमा जग्गा उपलब्ध गराई केपी ओली सरकारकै पालामा विनियोजित लागतमा अहिले भरतपुरमा आधुनिक सिटी हल बनिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी ओली यी आयोजनाको शिलान्यास गर्न भरतपुर आउँदा भरतपुर महानगरको निवर्तमान मेयर रेनु दाहालले बहिष्कार गरेकी थिइन् ।

    केन्द्रीय सरकारको बजेटबाट भरतपुर महानगरको देवघाट क्षेत्रमा शव गृह, विभिन्न लिंक रोड र रिङरोड बनिरहेका छन् । केन्द्रीय सरकारबाट प्राप्त विकासका बजेट र काम उनले आफूले गरेको भनेर जनतामा भ्रम छर्ने काम निरन्तर गर्दै आएको एमालेका नेताहरु बताउँछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.