सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

महानगरका उम्मेदवारलाई सुकुम्बासीको चिन्ता


  •    न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार ११:१९ 
  • चितवन,२० बैशाख– भरतपुर महानगरपालिकामा वडा नम्बर २४ मा रहेका सुकुम्बासीहरुले आफुहरुको स्थायी बसोबासका लागि आग्रह गरेका छन् । आज आयोजित घरदैलो तथा चुनाबी सभा कार्यक्रममा उनीहरु सत्ता गठवन्धनका तर्फबाट प्रमुख र उपप्रमुखको उम्मेदवार बनेका उम्मेदवारहरुलाई आँफुहरुको समस्या समाधान गरिदिन आग्रह गरेका हुन ।

    स्थानीय मन्दीरा परियारले लामो समय देखि आँफुहरु सुकुम्बासीको रुपमा रहेको बताउँदै अब आँफुहरुले जग्गा धनिपुर्जा पाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “कहिले सम्म हामी सुकुम्बासी हुने ।” सुकुम्बासी आयोगको नाममा भएको नापचाँज पछि पुर्जा पाउने आसमा रहेका उनीहरुले अहिले सत्ता गठवन्धनलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । उहाँले थप्नुभयो “स्थानीय सरकार र संघिय सरकार आए पछि हाम्रो कुराको सुनुवाई पछिल्लो सरकारले गरेको हो । अब आशा छ जग्गा पनि चाँडैं पाईन्छ ।” केपि ओलीको नेतृत्वमा रहेको सरकारले बनाएको आयोगले काम गर्न नसक्दा आँफुहलाई पिडा भएको थियो उहाँले गुनासो पोख्नु भयो ।

    यस्तै अर्की मनु बारघरे मगर लामो समय देखि जग्गा धनि पुर्जा बिना बस्दै आउनु भएको छ । उहाँले चाँडो पुर्जा बितरणको पहल गर्न समेत माग गर्नुभयो । उहाँले भन्नुभयो “आँपटारीका जग्गा धनिले त पुर्जा पाए हामीले कहिले पाउँछौ ।” जनता अहिलेको सत्ता गठवन्धन संग आसाबादी रहेको उहाँको भनाई थियो ।

    सो अबसरमा बोल्दै महानगर प्रमुख र उपप्रमुखका प्रत्यासी रेनु दाहाल र चित्रसेन अधिकारीले स्थानीय, संघिय र प्रादेशीक निर्वाचनमा सत्ता गठवन्धनलाई बिजयी गराए आयोगले पुर्जाको कामलाई तत्काल सक्ने बताउनुभयो । 

    नेपाली काँग्रेस भरतपुर महानगरपालिका वडा नम्बर २४ का वडा सभापति शशि न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुकुम्बासी बस्तिबाट सत्ता गठवन्धनका उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको थियो । यस्तै सत्ता गठवन्धनले आज भरतपुर महानगरपालिका वडा नम्बर २२, २५, १८ मा घरदैलो तथा कोणसभा सम्पन्न गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.