सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरमा सत्ता गठबन्धनको एक हजार एक सदस्यीय युवा परिचालन समिति गठन


  •    न्युजभित्तो/२० बैशाख २०७९, मंगलवार १०:४८ 
  • भरतपुर,२० बैशाख । आसन्न स्थानीय तह निर्वाचनको लागि भरतपुरमा संयुक्त गठन्धनको तरुण, युवा विद्यार्थी परिचालन समिति गठन भएको छ ।

    नेपाली कांग्रेस भरतपुर महानगर समितिका उपसभापति विजय घलेको अध्यक्षतामा आज (सोमबार) बसेको बैठकले एक हजार एक सदस्यीय तरुण युवा विद्यार्थी परिचालन समिति गठन गरेको हो ।

    समितिको संयोजकमा नेपाल तरुण दल भरतपुर महानगर समिति सभापति चित्रबहादुर राना रहेका छन् । यस्तै सह संयोजकमा नेकपा माओवादी केन्द्रबाट दिवाकर राज श्रेष्ठ रहेका छन् ।

    समितिले बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा संयुक्त गठबन्धनका उम्मेदवारलाई जिताउन तरुण, युवा तथा विद्यार्थी परिचालन गर्नेछ । गठित समितिलाई निर्वाचन केन्द्रीत गतिविधिमा लाग्न निर्देशन दिईएको कांग्रेस भरतपुरका उपसभापति घलेले बताए ।

    स्थानीय तहको निर्वाचनमा पाँच दलित गठबन्धनले भरतपुरको मेयरमा माओवादी केन्द्रकी रेन दाहाललाई उम्मेदवार बनाएको छ । यस्तै उपमेयरमा सत्ता गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारी चुनावी मैदानमा उत्रिदैछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीका कारण स्थगित कृषि तथा वन विज्ञान विश्वविद्यालयको एकीकृत प्रवेश परीक्षा असोज ३ गते हुने
    कर्मचारी मिलन केन्द्र चितवनद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा
    विपत्तिपछि पुनरुत्थानः समृद्ध पर्यटन र सुदृढ भविष्य
    • विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    • बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    • भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.