स्वास्थ्य र पर्यावरणीय दृष्टिले साईकल उपयोगी : अध्यक्ष दाहाल
न्युजभित्तो/२६ चैत्र २०७८, शनिबार ०९:३३
चितवन, २६ चैत । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साईकल उपयुक्त भएको बताउनु भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिताको उद्घाटन गर्दै स्वास्थ्य, पर्यावरण हरेक दृष्टिले साईकल उपयोगी भएको बताउनुभएको हो ।
यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको भन्दै उहाँले भन्नुभयो “देशैभरी साईकलको विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साईकल उपयोगी छ ।” खेलकुद मन्त्रीको समेत उपस्थितिमा यो कार्यक्रम हुँदै गर्दा यसले आधिकारिकता र वैधानिकता स्थापित गरेको भन्दै उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
आज बिहान नारायणी किनारमा दाहालले म्याराथनको शुभारम्भ गर्नुभएको हो । प्रतियोगिता संयोजक सन्त कुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताउनुभयो । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् । प्रतियोगितामा एक सय जनाले भाग लिएका छन् ।
प्रथम हुने १९ वर्ष माथिका महिला पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्ष माथिको विधामा रु २५ हजार, ५० वर्ष माथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला पुरुषलाई रु २०÷२० हजार नगद पुरस्कार रहने आयोजकले जनाएको छ।
प्रतियोगितामा १०औ स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । भरतपुर महानगरमा निर्माणाधिन रिङ्गरोड सहितका सडक आयोजना साईकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमा समेत टेवा पु¥याउने साईकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ छ ।
करिव २ घण्टाको प्रतियोगितामा लगभग ६५ कि.मि. दुरी रहेको छ । नारायणी नदी तिरबाट शुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, -याली सहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।