विद्यार्थीको सिकाइलाई गराइ र कमाइसँग जोडौँ : डा. कोइराला
न्युजभित्तो/२४ चैत्र २०७८, बिहीबार १०:५८
भरतपुर,२४ चैत्र । शिक्षाविद् डा. विद्यानाथ कोइरालाले विद्यार्थीलाई सिकाइसँगै गराइ र कमाइसँग पनि जोड्न आग्रह गरेका छन् ।
जिल्ला समन्वय समिति भरतपुर चितवनले आयोजना गरेको सिकाइको स्थानीयकरणमा विद्यालयभित्र बहुपक्षीय विषयक एकदिवसीय गोष्ठीमा शिक्षाविद् डा. कोइरालाले विद्यार्थीको सिकाइलाई व्यवहारमा गराइ र आम्दानीको हिसाबले कमाइसँग जोड्नुपर्ने बताए । कार्यक्रममा उनले भने, ‘अब सिकाइले मात्र हुँदैन व्यवहारमा गराइ ल्याउनुपर्छ, धेरै सामुदायिक स्कुलका जग्गाहरु बाँझो छन्, त्यसबाट विद्यार्थीको प्रयोग गरी कमाइसँग जोडिनुपर्छ ।’
उनका अनुसार व्यावहारिक शिक्षा हुनलाई पढेको कुरालाई व्यवहारमा उतार्नुपर्छ । उनले भने, ‘व्यावहारिक शिक्षा भएन भनिन्छ, तर हामीले पढाएको कुरा व्यवहारमा लगाउँदैनौँ, कसरी शिक्षा व्यावहारिक हुन्छ ?’ उनले पढाइको कुरा व्यवहारमा लगाए शिक्षा व्यावहारिक बन्ने बताए ।
भरतपुर महानगरपालिकाका प्रधानाध्यापकहरुको उपस्थितिमा भएको छलफलमा शिक्षाविद् डा. कोइरालाले शिक्षा सामग्रीमा स्थानीय स्रोतको प्रयोग गर्न जोड दिए । उनले भने, ‘अब विद्यार्थीको समूह बनाउने, कुन कुरामा उनीहरुले इच्छा राख्छन् त्यसमा परिचालन गर्ने र उत्पादनमा विद्यार्थीलाई लगाउने गर्नुपर्छ, अनि बल्ल पढ्दै कमाउँदै भन्ने विषयले सार्थकता पाउँछ ।’
सरकारले सामुदायिक विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम सञ्चालनमा ल्याएको छ । चितवनका तीन विद्यालयहरु पढ्दै कमाउँदै कार्यक्रममा परेका छन् । उनका अनुसार भरतपुर महानगरपालिका वडा नं–२५ मा रहेको प्रभात मावि, माडी नगरपालिका वडा नं–६ मा रहेको जनकल्याण मावि र रत्ननगर नगरपालिका वडा नं–१० मा रहेको वैरिया मावि छानिएका छन् ।
भरतपुर महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्र पौडेलले पढ्दै कमाउँदै कार्यक्रम महानगरका अन्य स्कुलमा पनि सञ्चालन हुने बताए । उनले भने, ‘महानगरले आफ्नै स्रोतबाट पढ्दै कमाउँदै कार्यक्रम चलाउने योजना छ, भीमनगर माविमा यो कार्यक्रम चलिरहेको छ, प्रभात मावि यो कार्यक्रममा छनोट भएको छ ।’
महाशाखा प्रमुख पौडेलले स्थानीयको स्रोत परिचालन गरेर विद्यार्थीलाई पढ्दै र उद्यमीको रुपमा विकास गर्न कमाउन पनि अघि बढाउने नीतिअनुसार महानगरले पनि पढ्दै कमाउँदै कार्यक्रम चलाउने बताए ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भूमिलाल सुवेदीले रैथाने सीप र प्रविधिको प्रयोग गरेर सिकाइको स्थानीयकरण गर्न सकिने बताए । उनले भने, ‘विद्यालयले विद्यार्थीको सीप र रूचि जाँचेर कुनै वस्तु उत्पादनमा लगाउनुपर्छ । यसका लागि आवश्यक ऋणदेखि हरेक सहयोग गर्न स्कुल तयार हुनुपर्छ । यसो गर्न सकियो भने विद्यार्थी पढाइसँगसँगै कमाइ पनि गर्न सक्छन् र भोलि एउटा सफल उद्यमी बन्न सक्नेछन् ।’
कार्यक्रममा शिक्षा क्षेत्रका लेखक टीकाराम रेग्मीले विद्यार्थीलाई स्थानीय क्षेत्रमा घुमाएर उनीहरुको रूचिको विषयमा जान्न सकिने बताए । उनले भने, ‘विद्यार्थीलाई एकदिन घुमाऔँ, घुम्ने क्रममा उनीहरुले के–के किन्छन् ख्याल गरौँ । त्यही किनेका वस्तु कसरी बनाउन सकिन्छ भनेर छलफल चलाऔँ र उनीहरुलाई नै बनाउन लगाऔँ, यसो गर्न सकियो भने विद्यार्थी पढ्दै कमाउँदै गर्न सक्छन् ।’
उनले भने, ‘विद्यार्थीले घुम्दा भुटेको चना किने भने, त्यो कसरी बनाउन सकिन्छ भनेर विद्यार्थीसँग छलफल गरौँ, अनि त्यो बनाउन लगाऔँ, मार्केटिङको विषय सिकाऔँ । अनि विद्यार्थी आफैँ पढाइसँगसँगै कमाउन सक्ने हुन्छन् ।’ कार्यक्रममा एक दर्जनलगायत शिक्षक तथा प्रधानाध्यापकहरुले आफ्नो भनाइ राखेका थिए ।