सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

श्रीलङ्कामा आर्थिक संकट : कागज किन्ने पैसा नभएपछि ४५ लाख विद्यार्थीको परीक्षा स्थगित


  •    न्युजभित्तो/५ चैत्र २०७८, शनिबार २२:३५ 
  • श्रीलङ्का, ५ चैत (एजेन्सी) । श्रीलङ्कामा कागज किन्ने पैसा नभएकोले विद्यालय तहको वार्षिक परीक्षा अनिश्चित कालका लागि स्थगित भएको छ । परीक्षा सञ्चालनको लागि आवश्यक पर्ने कागज खरिद गर्न सरकारसँग पर्याप्त डलर नभएकोले झण्डै ४५ लाख जना विद्यार्थी सहभागी हुने विद्यालय तहको वार्षिक परीक्षा स्थगित गरिएको श्रीलङ्काका शिक्षा अधिकारीहरुलाई उदृत गर्दै अल जजिराले जनाएको छ ।

    परीक्षा आउँदो सोमबारदेखि हुने तय भएको थियो । यो परीक्षा विद्यार्थीलाई माथिल्लो कक्षामा बढुवा अर्थात स्तरोन्नती गर्ने वा नगर्ने भन्ने निरन्तर मूल्यांकन प्रक्रियाको एउटा अंश हो । श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएयताकै सबैभन्दा खराब आर्थिक संकट भोगिरहेको छ । विदेशी मुद्रा सञ्चितीको अभावले श्रीलङ्कामा खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भैरहेको छ ।

    सरकारले बिजुली बन्द गर्ने र दूधको धुलो, चिनी, दाल र चामलमा कोटाको व्यवस्था गरेपछि देशभर पसलहरुमा लामो लाइन लागेको छ । श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षले बुधबार आर्थिक संकट र वैदेशिक ऋणबारे छलफलका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) लाई अनुरोध गर्नुभएको थियो । आईएमएफले राजापाक्षको अनुरोधमाथि छलफल गरिरहेको बताएको छ । वैदेशिक ऋणको जालोमा फसेको श्रीलङ्कामा कोरोना महामारीको कारण चरम आर्थिक सङ्कट देखा परेको हो । 

    (फाईल तस्वीर)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    • स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.