सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटक बढाउने र बसाइँ लम्ब्याउने गृहकार्य सुरु


  •    /२४ भाद्र २०७६, मंगलवार १७:४६ 
  • चितवन । भ्रमण वर्ष २०२० मा पर्यटकको सङ्ख्या बढाउने र बसाइँ लम्ब्याउने गरि गृहकार्य सुरु गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिले सरोकारवालाहरुको सहभागितामा विभिन्न कार्यक्रमसहित भ्रमण वर्षलाई प्रभावकारी बनाउन तयारी थालेको हो ।

    समितिका संयोजक जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीका अनुसार सरोकारवालाहरुको सहभागितामा ७१ सदस्यीय समिति गठन गरिएको छ । सोहि समितिबाट तीन उपसमिति गठन गरिएको छ ।

    चितवन उद्योग संघले नेतृत्व गर्ने गरि आर्थिक उपसमिति, उद्योग वाणिज्य संघ चितवनले नेतृत्व गर्ने गरि बुकलेट तथा भ्रमण वर्ष क्यालेन्डर प्रकाशन उपसमिति, जिल्ला पर्यटन विकास समितिले नेतृत्व गर्ने गरि प्रचार प्रसार उपसमिति गठन गरिएको डल्लाकोटीले जानकारी दिनुभयो । ती उपसमितिमा सरोकारवाला विभिन्न संस्थाका प्रतिनिधिहरु सहभागी रहेका छन् ।

    जिल्लामा रहेका पुराना र नयाँ गन्तव्यहरु समावेश गरि वुक्लेट र क्यालेन्डर प्रकाशन गरिदैं छ । त्यही वुकलेटका आधारमा यहाँ आउने पर्यटक ती गन्तव्य सम्म पुग्न सक्ने गरि उच्च स्तरको वुकलेट निर्माण गर्ने तयारी गरिएको उहाँले जानकारी दिनु भयो । हवाई र स्थलमार्गवाट आउने पर्यटकलाई सहज वनाउन विमानस्थल र वसपार्कमा सहायता कक्ष सुरु गर्न लागिएको छ ।

    राजधानीमा हुन लागेको गैरआवासिय नेपाली महासंघ (एनआरएन) को सम्मेलनमा यहाँका वुक्लेट, क्यालेन्डर जस्ता सामाग्रिहरु वितरण गरि सम्वन्धित देश सम्म पुर्याउने लक्ष्य राखिएको डल्लाकोटीको भनाई छ । जिल्लामा परिवार रहेका विदेशमा वस्नेहरुलाई समेत भ्रमण वर्षमा आँफु र आँफुले चिनेका त्यहाँका वासिन्दालाई भित्र्याउने गरि प्रचार प्रसार गर्न लागिएको छ ।

    नेपालकै अन्य जिल्लाहरुमा पनि यहाँका पर्यटकीय गन्तव्यहरुका बारेमा प्रचार प्रसार गर्न लागिएको उहाँले बताउनु भयो । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने पर्यटकको संख्या कम रहेको भन्दै उहाँले संख्या बढाउन र बसाइँ लम्ब्याउन भ्रमण वर्षका कार्यक्रम केन्द्रित हुने बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.