सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक अस्पताल भरतपुरमा बन्ने भएपछि उत्साह


  •    न्युजभित्तो/१८ माघ २०७८, मंगलवार १६:१६ 
  • चितवन, १८ माघ ।मेडिकल सिटीका रुपमा परिचय बनाउँदै गएको भरतपुरमा केन्द्रीय शिक्षक अस्पताल बन्ने भएपछि यहाँका स्थानीय, राजनीतिक दल र सरोकारवाला उत्साहित भएका छन् । शिक्षक अस्पतालले सेवासँगै यहाँको विकास, रोजगारी सिर्जना गर्ने भन्दै उनीहरु उत्साहित भएका हुन् ।

    दुई ठूला सरकारी अस्पताल, दुई वटा मेडिकल कलेज र २० भन्दा बढी साना ठूला निजी अस्पताल रहेको भरतपुरमा शिक्षक अस्पताल स्थापनासँगै स्वास्थ्य क्षेत्रको थप विकास हुने भएको छ । भरतपुर महानगरपालिका–१५ भगवानपुरमा जग्गा उपलब्ध गराउन महानगर सहमत भएसँगै सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अस्पताल बनाउने सैद्धान्तिक सहमति दिएको हो । शिक्षा मन्त्रालयले शिक्षक अस्पताल बनाउन सम्भाव्यता अध्ययन र जग्गा पहिचान समिति गठन गरेसँगै यहाँ अस्पताल बनाउन भरतपुर महानगरपालिकाले पहल थालेको थियो ।

    अस्पताल बनाउन प्रस्ताव गरिएको ठाउँ नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालको क्षेत्र एवं गाउँसमेत हो । महानगरपालिकाका प्रमुख रेनु दाहालले सो ठाउँमा ८ बिघा १६ कठ्ठा जग्गा उपलब्ध गराएसँगै सोही ठाउँमा अस्पताल बनाउने निर्णय भएको बताउनुभयो । महानगरपालिकाको प्रयास सफल भएको भन्दै उहाँले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    प्रमुख दाहालले भन्नुभयो,“अस्पताल बनेसँगै स्थानीयवासीको जीवनस्तर उकासिने छ । रोजगारी सिर्जना हुने, व्यापार व्यवसाय फस्टाउने र स्थानीय उत्पादन खपत हुनेछ ।” यसले मेडिकल सिटीका रुपमा अघि बढेको भरतपुरको विकासमा थप टेवा पुग्ने उहाँको भनाइ छ । आम नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन यो अस्पताल सहयोगी बन्ने उहाँ बताउनुहुन्छ ।

    नेपाली कांग्रेस चितवनका सचिव उत्तम जोशीले शिक्षक आन्दोलनले स्थापित गरेको शिक्षक अस्पताल चितवनमा बन्ने निर्णयले यहाँको समग्र विकास हुने बताउनुभयो । शिक्षकको छुट्टै अस्पताल हुँदै गर्दा यसबाट आम नेपालीले लाभ लिनसक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “चितवनलाई मेडिकल हबको रुपमा विकास गर्न सहयोग पुग्छ ।” नेकपा ९एमाले०का नेता रामप्रसाद न्यौपानेले भरतपुरलाई साच्चिकै मेडिकल सिटीको रुपमा विकास गर्न अस्पताल सहयोगी हुने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “कार्यान्वयन कसरी हुन्छ, त्यो हेर्न बाँकी नै छ ।” यसले यहाँको स्वास्थ्य सेवालाई थप सुधार गर्दै लैजाने उहाँको भनाइ छ । माओवादी केन्द्र चितवनका अध्यक्ष यमबहादुर परियारले महानगरको पहलमा जुन उपलब्धि जिल्लाले पायो यो हामी सबैका लागि गौरवको विषय भएको बताउनुभयो । उहाँले भन्नुभयो,“अन्य क्षेत्रको विकाससँगै स्वास्थ्य सेवाको विकासमा यसले थप ऊर्जा भरेको छ ।” महानगरका गाउँगाउँसम्म स्वास्थ्य सेवाको पहुँच पु¥याउन यो सहयोगी हुने उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.