सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रुघाखोकी तथा ज्वरोका बिरामी बढे


  •    न्युजभित्तो/६ माघ २०७८, बिहीबार १४:५३ 
  • डोटी, ६ माघ । जिल्लामा चिसो बढेसँगै रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । यहाँका सरकारी, निजी अस्पताल तथा पोलिक्लिनिकमा बिरामीको चाप बढ्दै गएको छ । यहाँका अस्पतालमा दैनिकजसो सयौँको सङ्ख्यामा रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका चिकित्सक लोकेन्द्र बोहराले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसो बढेको छ, बालबालिका तथा वृद्धवृद्धा दैनिक सयौँका सङ्ख्यामा उपचारका लागि आउने गरेका छन्, बिरामीको भीड लागेको छ ।”

    रुघाखोकी तथा ज्वरो भएका बिरामीले पिसीआर जाँच गरे कोरोना पोजेटिभ देखिने गरेको जनाउँदै यहाँका गाउँघरमा भएका ज्वरोका बिरामी अस्पताल नआउने र पिसीआर पनि जाँच नगर्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । यसैगरी जिल्ला अस्पतालमा पनि रुघाखोकी तथा ज्वरोका बिरामीको सङ्ख्या दैनिक बढ्दै गएको अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले जिल्ला अस्पतालमा दैनिकजसो ५० देखि ६० जनाजम्म रुघाखोकी तथा ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । उपचार गर्न आउनेमा बालबालिका तथा वृद्धवृद्धा बढी छन् ।

    गाउँघरमा रुघाखोकीका बिरामी थपिँदै गएपछि कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छाएको जोरायल गाउँपालिका–५ गड्सेरा स्वास्थ्यचौकीका अनमी विद्यी भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढी छन्, कोरोना सङ्क्रमण हो कि भन्ने स्थानीयवासीमा चिन्ता छ, जाँच कसैले गर्दैनन् ।”

    जिल्लामा केही दिनयतादेखि रुघाखोकी तथा ज्वरोका बिरामी बढेपछि घरैमा पानी तताएर खान, तुलसीको पात, सिन्कौलीको पात, बेसार र अदुवा हालेर उमालिएको पानी खान चिकित्सकले सल्लाह दिएका छन् । चिसो मौसम सुरु भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकैको स्वास्थ्य संस्थामा गएर उपचार गराउन जिल्ला अस्पतालले सबैमा आग्रह गरेको छ । जिल्लामा चिसो मौसमका कारण यो समस्या बढेबीच नै कोरोना सङ्क्रमण पनि बढ्दै गएका खबरले यहाँका नागरिकमा चिन्ता छाएको बताइएको छ ।

    विपन्न र दलित परिवारलाई न्यानो कपडा

    जिल्लाको बडिकेदार गाउँपालिकामा एकाएक मौसममा आएको परिर्वतनसँगै चिसो बढेका कारण यहाँका नागरिकलाई समस्या भएको भन्दै ४० जनालाई न्यानो कपडा कम्मल वितरण गरिएको छ ।

    भागरथी निर्माण सेवा धनगढी–५ कैलालीका प्रोपराइटर तथा नेपाल तरुण दल बडिकेदार गाउँपालिका अध्यक्ष केशव बमको आर्थिक सहयोगमा उक्त पालिकाको वडा नं २ का सायल, गतेपसेला र सिर्सी गाउँमा रहेका विपन्न परिवार, बालबालिका तथा दलित गरी कूल ४० घरपरिवारलाई न्यानो कपडा वितरण गरिएको स्थानीयवासी तथा सञ्चारकर्मी चक्र मल्लले जानकारी दिनुभयो ।

    चिसोको समयमा न्यानो कपडा आफूहरूलाई निकै राहत भएको बडिकेदार–२ की महिला पविसरा सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसो अत्यधिक बढेको छ, घरमा ओढ्ने, ओछ्याउनेको समस्या थियो, आज निःशुल्क ब्लाङ्केट पाउँदा निकै राहत भएको छ ।” जिल्लाका अन्य ठाउँमा रहेका विपन्न परिवारलाई पनि राहतस्वरुप न्यानो कपडा वितरण गरियोजना गरेको नेपाल तरुण दल बडिकेदारका अध्यक्ष बमले जानकारी दिनुभयो ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.