सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिल्लामा सय बढी चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण


  •    न्युजभित्तो/४ माघ २०७८, मंगलवार १४:३१ 
  • चितवन, ४ माघ । जिल्लामा रहेका विभिन्न अस्पतालमा कार्यरत ११७ जना चिकित्सक एवं स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो पटक सङ्क्रमण बढ्दै गएपछि केही दिनमानै चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालका कर्मचारी सङ्क्रमित भएका हुन् । सङ्घीय अस्पतालको रुपमा रहेको भरतपुर अस्पतालमा कार्यरत ३७ जना चिकित्सक, स्वास्थ्यकर्मी र प्रशासनिक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    हिजो सोमबारसम्म गरिएको परीक्षणमा ३७ जनामा कोरोना सङ्क्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । तीमध्ये सातजना चिकित्सक २० जना स्वास्थ्यकर्मी र अन्य प्रशासनिक कर्मचारी रहेका छन् । चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना देखिएसँगै अस्पतालमा सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई उत्पन्न भएको छ ।

    अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीमा सङक्रमण बढ्दै जाँदा सेवा प्रवाहमा कठिनाई आएको पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “अत्यावश्यक नपरी अस्पताल नआउनुहोला । कर्मचारी कम हुँदा सेवामा दुरुस्तता नआउन सक्छ ।”

    यस्तै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत ४० जना चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका सूचना अधिकारी गिरिनारायण महतोका अनुसार तीन जना चिकित्सक २२ जना नर्स, सातजना प्राविधिक र अन्य प्रशासनिक कर्मचारीमा सङ्क्रमण देखिएको हो ।

    कोरोना सङ्क्रमण देखिएसँगै केही सेवामा असहजता आए पनि सेवा रोक्नुपर्ने अवस्था भने अझैसम्म नरहेको उहाँले बताउनुभयो । चितवन मेडिकल कलेजमा कार्यरत ३० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । अस्पतालका अप्रेसन म्यानेजर पारस अधिकारीका अनुसार १२ जना चिकित्सक, १४ जना नर्स र ४ जना अन्य कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना सङ्क्रमण पुष्टि भएका सबै होम आइसोलेशनमा रहेका छन् । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा १० जना चिकित्सक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । अस्पतालका अनुसार ७ जना चिकित्सिक र तीन जना अन्य कर्मचारीमा कोरोना देखिएको हो ।

    सङ्क्रमित चिकित्सव एवं स्वास्थ्यकर्मी होम आइसोलेशनमा रहेका छन् । चिकित्सक, स्वास्थ्यकर्मी सङ्क्रमित भए पनि स्वास्थ्य अवस्था भने सामान्य देखिएको छ । अधिकांश होम आईसोलेसनमा रहेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा चितवनसहित १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् ।
    –––

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक भण्डारी
    गैरीगाउँका भत्काउन बाँकी घर पुनः भत्काउन सुरु
    सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय
    • राष्ट्रियसभा उपाध्यक्ष भण्डारी र गण्डकी प्रदेश प्रमुखबीच भेटवार्ता
    • सुदूरपश्चिमको पन्ध्र प्रतिशत वन क्षेत्रमा डढेलो, चुरेमा नियन्त्रण चुनौतीपूर्ण
    • ‘आगामी बजेटले दीर्घकालीन सुधार तथा राष्ट्रिय अर्थतन्त्रमा गुणक प्रतिफल सृजना गर्नेछ’
    • शिक्षामन्त्री पोखरेलसँग चिनियाँ राजदूतको शिष्टाचार भेटवार्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.