सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

च्यासलका १९ खेलाडीलाई कोरोना संक्रमण, पुलिससँगको खेल स्थगित


  •    न्युजभित्तो/२ माघ २०७८, आईतवार १४:५० 
  • काठमाडौं,२ माघ । शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार तय भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लब बीचको खेल स्थगित भएको छ ।

    च्यासल युथ क्लबका १९ खेलाडीलाई कोरोना संक्रमण भएपछि उक्त खेल स्थगित गरिएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

    च्यासलले आफ्नो १९ खेलाडीलाई कोरोना संक्रमण देखिएपछि पुलिस विरुद्ध खेल स्थगित गर्न एन्फासँग प्रस्ताव गरेको र त्यसपछि एन्फा लिग कमिटीले मेडिकलक कमिटीसँग सल्लाह लिएर खेल स्थगित गर्ने निर्णय गरेको हो ।

    अब उक्त खेलको नयाँ मिति तोकिने एन्फाले जनाएको छ ।

    लिग अन्तर्गत नवौं चरणको अन्तिम खेल जावालखेल युथ क्लब र एनआरटीबीच भने सोमबार पूर्वनिर्धारित तालिका अनुसार नै खेल हुने एन्फाले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.