सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालले भन्याे-‘सामान्य बिरामी तत्काल अस्पताल नआउनू’


  •    न्युजभित्तो/१ माघ २०७८, शनिबार १४:५५ 
  • चितवन, १ माघ । काेभिड-१९ काे संक्रमण दर डरलाग्दो गरी उकालाे लाग्न थालेपछि भरतपुर अस्पतालले सामान्य बिरामीलाई सकेसम्म अस्पताल नआउन भनेकाे छ ।

    अस्पतालले आज प्रेस विज्ञप्ति जारी गरी जिल्लामा संक्रमण दर अत्यधिक बढेकाे उल्लेख गर्दै यसलाई ‘काेभिड-१९ काे उच्च प्रकाेप’ भनेकाे छ ।

    “काठमाडौंकाे त्रिवि टिचिङ र वीर अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि उच्च संख्यामा संक्रमित भएकाे तथ्यांकले समेत अस्पतालमा एकअर्काबाट संक्रमण फैलन सक्ने सम्भावना बढ्दै गएकाे देखिन्छ”, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा.कृष्णप्रसाद पाैडेलले जारी गरेकाे विज्ञप्तिमा भनिएको छ-“यस सन्दर्भमा सामान्य र पछि चेकजाँच गराउँदा पनि हुने प्रकृतिका बिरामीहरू अस्पताल आउने समय पछि सार्नु उपयुुक्त हुन्छ ।”

    भरतपुर अस्पतालमा पछिल्लाे दुई दिनकाे परीक्षणमा देखिएकाे काेभिड पाेजिटिभ दर अति उच्च छ । अस्पतालकाे विज्ञप्तिमा जनाइएअनुसार पुस २९ गते १७२ जनाकाे परीक्षणमा ९५ जनामा पाेजिटिभ देखिएकाे थियाे । याे संख्या ५५ प्रतिशत हाे । त्यस्तै पुस ३० गतेकाे १८६ जनमा गरिएको परीक्षणमा ११५ जना पाेजिटिभ देखिएकाे छ । याे संख्या ६१.२५ प्रतिशत हुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.