सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दिल्लीमा ओमिक्रोन बढेसँगै गड्डाचौकीमा परीक्षण तीव्र


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १४:०० 
  • महेन्द्रनगर, २० पुस। कञ्चनपुर सीमा नाकामा ओमिक्रोनको सङ्क्रमण न्यूनीकरणका लागि पहल थालिएको छ ।कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट दिल्ली ३५२ किलोमिटरको दूरीमा छ । जहाँ तीव्र रुपमा ओमिक्रोन सङ्क्रमित देखिँदा सुदूरपश्चिम प्रदेश र यहाँका स्वास्थ्य कार्यालय भारतबाट स्वदेश फर्किनेलाई एन्टिजेन टेष्टका साथै कोरोना विरुद्धको खोप अभियान तीव्र रुपमा अघि बढाइएको छ ।

    भारतमा दिल्ली, कर्नाटक, गुजरातलगायतका सहरमा सङ्क्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको सङ्ख्या पनि बढिरहेको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले ओमिक्रोनको उच्च जोखिममा कञ्चनपुर रहेको बताउनुभयो ।“ दिल्लीमा सङ्क्रमण बढिरहँदा अरु भन्दा हामी बढी जोखिममा छौं ।” उहाँले भन्नुभयो,“त्यसैले भारतबाट आउनेको कोरोना परीक्षण र खोप लगाउने प्रबन्ध गड्डाचौकी नाकामै मिलाएका छौं ।”उहाँले कोरोना परीक्षणसँगै क्षयरोग र मलेरिया जाँचसमेत नाकामै हुने गरेको बताउनुभयो ।“ सोमबार मात्रै नाकामा चारजना भारतबाट फर्किनेमा कोरोना देखियो ।” उहाँले भन्नुभयो,“ सङ्क्रमितलाई महाकाली प्रादेशिक अस्पतालमा राखेर नमूना परीक्षण गर्न काठमाडौँ पठाएका छौं ।”उहाँले एन्जिेटन विधिबाट कोरोना देखिएकाको स्याम्पल नमूना सङ्कलन गरेर ओमिक्रोनबारे पत्ता लगाउन काठमाडाँै बढाउने गरेको बताउनुभयो ।

    “ ओमिक्रोन कोरोनाकै एउटा प्रजाती र नेपालमा आगामी माघ दोस्रो सातायता आउन सक्ने प्रक्षेपण पनि गरिएको छ ।” उहाँले भन्नुभयो–“ नाकामा थप प्रभावकारी ढङ्गले स्वास्थ्यपरीक्षण र होल्डिङ सेन्टरको प्रबन्धका लागि सरोकारवाला निकायसित समन्वय गरिरहेका छौं ।”उहाँले विगतको भन्दा थप सवल व्यवस्थापनका लागि स्वास्थ्यको टोली खटिसकेको जानकारी दिनुभयो ।उहाँले खुल्ला सीमा नाकाका कारण सङ्क्रमण नियन्त्रणमा समस्या रहेको बताउनुभयो ।“ अवैध नाकाबाट भारतबाट मान्छे आउन नदिनु नै चुनौतीको विषय छ ।” उहाँले भन्नुभयो–“ गड्डाचौकी नाकाबाट आउनेमध्येमा कोरोना देखिएकै छ ।”

    स्वास्थ्य कार्यालयले जिल्लामै ओमिक्रोन परीक्षण जिल्लामै गर्ने तयारी गरिएको बताउनुभयो ।“ पिसिआर ल्याबबाट ओमिक्रोन पत्ता लगाउन सकिन्छ ।” उहाँले भन्नुभयो,“त्यसका लागि छुट्टै एन्जिेटन र केमिकल चाहिन्छ ।” त्यसैगरी सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले ओमिक्रोन रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई बढाउने तयारी गरिएको बताउनुभयो ।

    “यहाँका जिल्लामा ४५ देखि ६० प्रतिशतसम्म खोपमा प्रगति भएको छ ।” जोशीले भन्नुभयो–“९० प्रतिशतसम्म खोप लगाउने लक्ष्यका साथ अघि बढ्दै छौं ।”उहाँले प्रदेशसित भेरोसेल, फाइजरलगायतका खोप मौज्दात रहेको बताउनुभयो । “सिमानामा हेल्थ डेस्कमार्फत परीक्षणदेखि खोप अभियानसम्म निरन्तर नै छ ।” उहाँले भन्नुभयो–“ भारतमा सङ्क्रमण देखिएका सहरहरुसित दूरीका हिसाबले हामी नजिक भएकाले उच्च सर्तकता अपनाउन आवश्यक छ ।”

    इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले आज बिहान मात्रै भारतबाट स्वदेश फर्किन लागेका ८ जनामा नाकामा परीक्षण गर्दा कोरोना सङ्क्रमण देखिएको बताउनुभयो ।“अलि पहिलेसम्म सातामा एक–दुई जनामा यहाँ सङ्क्रमण देखिन्थ्यो ।” उहाँले भन्नुभयो–“ तर हिजोआज सङ्क्रमण दर बढ्न थालेको देखियो ।” (रासस)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.