सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओमिक्रोनका सङ्क्रमित बढ्दै गएपछि भारतमा १५ देखि १८ वर्ष उमेर समूहकालाई खोप लगाइँदै


  •    न्युजभित्तो/२० पुष २०७८, मंगलवार १३:३९ 
  • नयाँ दिल्ली २० पुस। भारत सरकारले यहाँका १५ देखि १८ वर्ष उमेरका युवायुवतीहरुलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ । भारतमा ओमिक्रोन भाइरसका सङ्क्रमितहरु बढ्दै गएपछि सरकारले यहाँ यो उमेर समूहका नागरिकलाई खोप लगाउन थालेको अधिकारीहरुले जनाएका छन् । भारतका स्वास्थ्यमन्त्रीले सो खोप लगाएको तस्बिर सार्वजनिक गर्नुभएको थियो ।

    यहाँको सरकारले यो उमेर समूहका बालबालिकालाई खोप लगाउनका लागि अनलाईन दर्ता गर्न माग गरेको थियो । सोही बमोजिम यहाँका करिब १२ लाख युवायुवतीहरुले खोपका लागि सरकारको अनलाइनमा दर्ता गराएको बताइएको छ ।उता भारतको मध्यप्रदेशमा कोरोना भाइरस पछिल्ला दिनहरुमा निकै अनियन्त्रित रुपमा बढिरहेको बताइएको छ । नयाँ सङ्क्रमितहरुको वृद्धि हेर्दा यहाँ कोरोना भाइरसले तेस्रो लहरको संकेत दिएको यहाँका अधिकारीहरुले जनाएका छन् ।

    भारतको मध्यप्रदेश राज्यमा मात्र सोमबार मात्र २२१ जना ओमिक्रोन भेरियन्टका सङ्क्रमित भेटिएका छन् । तर एक हप्ता अघिसम्म यहाँ ४२ जना मात्र ओमिक्रोन सङ्क्रमित थिए । यहाँ गएको सात दिनभित्र मात्र नयाँ सङ्क्रमितको संख्यामा ५०० प्रतिशतले वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

    यहाँका स्वास्थ्य सम्बन्धी अधिकरीहरुले आगामी १० जनवरीदेखि हरेक दिन यस प्रदेशमा एक हजारभन्दा बढी ओमिक्रोनकै संक्रमितहरु आउने अनुमान गरिएको बताएका छन् ।अहिलेसम्म यहाँको सरकारले केही थप प्रतिबन्ध लगाउनेबारे केही नयाँ निर्णय गरेको छैन । तर पनि यस विषयमा सरकारले विचार गर्न सक्ने पनि उनीहरुले जनाएका छन् । (रासस÷सिन्ह्वा)

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.