सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पुनः कोभिडविरुद्धको खोप अभियान सञ्चालन


  •    न्युजभित्तो/१९ पुष २०७८, सोमबार १२:४८ 
  • वीरगञ्ज, १९ पुस । ‘कोभिड– १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुनः ‘कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको पाँच÷पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो ।

    स्थानीय तहसँगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिनुभयो ।जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार आजदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।

    अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका तीन वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र ड्राइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ ।
    वीरगञ्जको विर्तास्थित नारायणी सेन्ट्रल अस्पतालमा आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा मङ्गलबार र घण्टाघर लिङ्करोडको भवानी अस्पतालमा बिहीबार खोप लगाउन सकिन्छ भने नारायणी अस्पतालमा सोमबार र बुधबार दुई दिन, पोखरिया अस्पतालमा शुक्रबार खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।

    जिल्ला खोप समन्वय समितिले २०७८ पुस मसान्तभित्र दुई तिहाइ नागरिक अर्थात् ६६ प्रतिशतले खोप लगाइसक्ने लक्ष्य लिएको छ । जिल्लामा हालसम्म ३८दशमलव०२ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ६० दशमलव ५७ प्रतिशतले एक मात्रा खोप लगाइसकेको अवस्था छ । एक लाख ६९ हजार ३१५ जनाले कोभिसिल्ड, भेरोसेल, जनसन र एस्ट्राजेनिकाको दुवै मात्रा खोप लगाइसकेका र दुई लाख ६९ हजार ७५४ जनाले यी खोपको पहिलो मात्रा लिएको अवस्था छ । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या चार लाख ४५ हजार ३६८ छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाँकेमा १५६ विभिन्न वन्यजन्तुको उद्धार
    नेप्से परिसूचक २६ अङ्कले घट्यो
    गैरीगाउँ क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका सबै ठूला घर भत्काइयो
    • सीमा निर्धारणमा भएको ढिलाइले बेनीमा सडक आयोजना प्रभावित
    • नदीमा माछा पाइन छाडेपछि पुर्ख्यौली पेसा सङ्कटमा
    • नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
    • व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.