सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता दिँदै कालिका नगरपालिका


  •    न्युजभित्तो/१६ पुष २०७८, शुक्रबार १०:३९ 
  • भरतपुर, १६ पुस ।  चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ।

    नगरपालिकाका जनस्वास्थ्य अधिकृत दीपक भण्डारीले चालु आर्थिक वर्षमा नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि भनेर २ लाख विनियोजन गरेको जानकारी दिए।

    हालसम्म मिर्गौला प्रत्यारोपण गरेका तीन बिरामीमात्रै सम्पर्कमा आएका उल्लेख गर्दै जनस्वास्थ्य अधिकृत भण्डारीले उनीहरुलाई औषधि खाने खर्चस्वरुप आर्थिक सहायता उपलब्ध गराउन लागिएको बताए। मिर्गौला प्रत्यारोपण गरेका बिरामीले मासिक सेवन गर्ने औषधि र जम्मा पीडितलाई पुग्ने पैसाको अनुपातमा जुन रकम कम हुन्छ सोही रकम आर्थिक सहायतास्वरुप प्रदान गरिने उहाँले जानकारी दिए।

     

    मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि सहायता उपलब्ध गराउने विषयमा कार्यविधि निर्माण भइरहेको जनाउँदै भण्डारीले बिरामीको सङ्ख्या यकिन भएपछि कार्यविधि निर्माण गरेर आर्थिक सहायता उपलब्ध गराइने बताए। यस वर्ष रकम कमी भएमा आगामी वर्षदेखि रकम बढाउँदै मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता गरिने उनले जानकारी दिए।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.