सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ


  •    न्युजभित्तो/११ पुष २०७८, आईतवार १४:५२ 
  •  काठमाडौं,११ पुस । सरकारले यसै शैक्षिक सत्रदेखि विद्यालय तहमा कक्षा १ देखि नै लेटर ग्रेडिङ (अक्षराङ्कन) विधि कार्यालयमा ल्याउने भएको छ ।

    मन्त्रालयले तयार पारेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्वीकृत गरेका छन् ।

    अब कक्षा १ देखि १२ सम्म एउटै विधि अर्थात लेटर ग्रेडिङ विधिबाट विद्यार्थीहरुको मूल्याकंन हुने मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले जानकारी दिए । यसअघि एसईई, कक्षा ११ र १२ मा मात्र लेटर ग्रेडिङ पद्धतिबाट विद्यार्थीहरुको मूल्यांकन गरिन्थ्यो भने अरु कक्षमा अंकबाटै मूल्यांकन गर्ने प्रणाली थियो ।

    निर्देशिकाअनुसार न्यूनतम ३५ प्रतिशत (१.६ जीपीए) अर्थात् विषयगतमा डी ग्रेड हासिल भए मात्र विद्यार्थीहरु माथिल्लो कक्षामा जानेछन् । १.६ जीपीए भन्दा कम प्राप्ताङ्क आएमा विद्यार्थी अनुत्तीर्ण रहेको स्वतः जनाउनेछ ।

    विद्यालय स्तरको सिकाइ उपलब्धिको मापन गर्न प्राप्तांक स्तरलाई आठ वटा अक्षरगत स्तरमा सूचित गरिएको छ । अब कक्षा १ देखि नै विद्यार्थीको मूल्यांकन गर्दा सर्वोत्तम (ए प्लस), अत्युत्तम (ए), उत्कृष्ट (बी प्लस), उत्तम (बी), सन्तोषजनक (सी प्लस), ग्राह्य (सी), आधारभूत (डी) र अवर्गीकृत (एनजी) उल्लेख हुनेछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.