सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च


  •    न्युजभित्तो/१ पुष २०७८, बिहीबार १०:४० 
  • एजेन्सी लन्डन,१ पुस । बेलायतमा दैनिक कोभिड संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ । बुधबार ७८ हजार ६ सय १० जना नयाँ संक्रमित भेटिएका छन् । यो बेलायतमा कोभिड देखिएपछि अहिलेसम्मकै उच्च हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाइरस देखिएसँगै बेलायतमा दैनिक संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

    करिब ६ करोड ७० लाख जनसंख्या भएको बेलायतमा काेभिडबाट अहिलेसम्म एक करोड १० लाख संक्रमित भएका छन् । कोभिडबाट एक लाख ४७ हजारको मृत्यु भइसकेको छ ।

    बेलायतमा कोभिडका कारण आउँदो पाँच महिनामा कम्तिमा ५० हजार मानिसको मृत्यु हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । संक्रमण तीव्र फैलिएको भन्दै सावधानी अप्नाउन प्रधानमन्त्री बोरिस जोनसनले आह्वान गरेका छन् । सरकारले १८ वर्षदेखि माथिका सवैलाई बुस्टर डोज दिने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.