सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटद्वारा भिडियो एक्स–रे सेवा सुरु


  •    न्युजभित्तो/२६ मंसिर २०७८, आईतवार १५:१० 
  • मान्म, २६ मङ्सिर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र कालीकोटले भिडियो एक्स–रे सेवा सुरु गरेको छ । निःशुल्क आयुर्वेद स्वास्थ्य सेवा दिँदै आएको केन्द्रले भिडियो एक्स–रे सेवा निःशुल्क दिने भएको हो ।

    सबै बिरामीका लागि भिडियो एक्स–रे सेवा, बाथ रोगीका लागि स्टिम बाथ, र स्वास्थ्य परीक्षणलगायत आयुर्वेदिक औषधि निःशुल्क वितरण गर्दै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यालय प्रमुख वीरेन्द्रबहादुर केसीले बताए । “जिल्लामा विद्युत्को सेवा नहुँदा हामीले भिडियो एक्स–रे सेवा सुरु गरेका थिएनौं”, उनले भने, “अहिले विद्युत् सेवा नियमित भएका कारणले भिडियो एक्स–रे सेवा पनि दिन थालेका हौं ।”

    जिल्लाका नौ वटै स्थानीय तहमा पाइने जडीबुटीबाट औषधि उत्पादन गरी निःशुल्क सेवा दिँदै आएको वरिष्ठ वैद्य लक्ष्मीप्रसाद पाण्डेले बताए । “अहिले आयुर्वेद केन्द्रमा आमा कार्यक्रम, ज्येष्ठ नागरिक प्रवद्र्धन कार्यक्रम, औषधि निर्माण सेवा, बिरामी भर्ना सेवा, विद्यालय आयुर्वेद शिक्षा कार्यक्रमलगायत विभिन्न कार्यक्रम निःशुल्क सञ्चालन गरिएको छ”, उनले भने, “हामीले गाउँ–गाउँमा गएर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छौं ।”

    बाहिरबाट महँङ्गो मूल्यमा किन्नुपर्ने अवस्था र आन्तरिक स्थानीय जडीबुटीको निर्यातलाई घटाउने मुख्य लक्ष्य रहेको कार्यालयका वरिष्ठ वैद्य पाण्डेले बताए । “स्थानीय तहले महत्वपूर्ण भूमिका निर्वाह गरेमा कम मूल्यमा जडीबुटी बिक्री गरी महँङ्गो मूल्यमा आयुर्वेदिक औषधि किन्न बाध्य कालीकोटवासीको आर्थिक विकास तथा समुन्नत स्वास्थ्यलाई टेवा पुग्ने देखिन्छ”, उनले भने, “हामीले स्थानीय जडीबुुटीको प्रयोग गरेर नै आयुर्वेदिक औषधि उत्पादन गरेका हौं ।” सङ्घीय सरकारले स्थानीय जडीबुटीबाट औषधि उत्पादन गर्नका लागि केही बजेट पठाएपछि औषधि उत्पादन हुन थालेको बैद्य पाण्डेले बताए ।-रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.