सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओमिक्रोनविरुद्धको उपचारमा फाइजर र बायोएनटेकद्वारा विकसित खोप ‘प्रभावकारी’ हुने


  •    न्युजभित्तो/२३ मंसिर २०७८, बिहीबार ११:०१ 
  • फ्र्याङ्कफर्ट,२३ मंसिर । जर्मन कम्पनी बायोएनटेक र फाइजरद्वारा विकसित गरी निर्माण गरिएको कोरोनाभाइरसबिरूद्धको खोपको दुई मात्राले ओमिक्रोनको प्रभावबाट बच्न पर्याप्त नहुन सक्ने तर तेस्रो मात्रापछि यो ‘थप प्रभावकारी’ हुने निर्माता कम्पनीहरूले बुधबार जानकारी गराएका छन्।

    ओमिक्रोन यस पहिले देखिएका खोपभन्दा छिटो सर्न सक्छ भन्ने सङ्केतले विश्वव्यापी चिन्ता उत्पन्न गरेको छ र यसका थुप्रै ‘म्युटेसन’ले खोपद्वारा प्रदान गरिने रोग प्रतिरोधात्मक क्षमताबाट उम्कन सक्छ भन्ने डर छ। यस भेरिएन्टका कारण अहिलेसम्म कुनै मृत्यु भएको प्रमाण भने भेटिएको छैन।

    बुधबार प्रकाशित प्रारम्भिक परिणाममा फाइजर र बायोएनटेकले उनीहरूद्वारा निर्मित खोप कुनै पनि व्यक्तिले तीन पटक लगाएको छ भने कोभिड-१९ को ओमिक्रोन भेरियन्ट रोक्न प्रभावकारी हुनसक्ने दावी गरेका हुन्।

    खोप निर्माता जर्मन कम्पनीले दुई मात्रा खोपले मात्र ओमिक्रोनको भेरियन्टलाई पूर्णतया तटस्थ पार्न प्रभावकारी नहुनसक्ने धारणा राखेका हुन्। खोप लगाएका मानिसहरूको रगतको सीरम प्रयोग गरेर प्रयोगशालामा गरिएको प्रारम्भिक अनुसन्धानअनुसार ओमिक्रोनविरुद्ध एन्टिबडीको एउटै तहमा उत्पन्न हुने हुनाले तेस्रो मात्रा (बूस्टर) खोप आवश्यक भएको बताइएको हो।

    हालको खोपको दुई मात्रा लगाएका व्यक्तिको रगतको नमूनाअनुसार भाइरसको प्रारम्भिक प्रभावको तुलनामा एन्टिबडीहरूलाई तटस्थ राख्न औसत २५ गुणा कटौती भएको देखिएको कम्पनीले बताए।

    ‘टि’ कोषबाट रोग प्रतिरोधात्मक प्रतिक्रियाको अर्को भाग सम्भवतः अझै पनि यस भेरियन्टविरुद्ध अत्यधिक प्रभावकारी हुनसक्ने कम्पनीको दावी छ। साथै खोप लगाएका व्यक्तिहरूलाई अझै पनि यस रोगका गम्भीर रूपहरूबाट जोगाउन सकिने फाइजरले जनाएको छ।

    तिनीहरूको नतिजाबारे थप गहन अनुसन्धान हुन भने बाँकी नै रहेको बताइएको छ।

    कम्पनीहरूले हाल बायोएनटेकद्वारा विकास हुँदै गरेको एन्टि-कोरोनाभाइरस खोपको ओमिक्रोनको विशिष्ट संस्करण मार्च सम्ममा उपलब्ध हुने कुरा बताएका छन्।

    फाइजरका मुख्य कार्यकारी अधिकारी अल्बर्ट बोरलाले भने, ‘दुई मात्रा खोपले पनि ओमिक्रोन सङ्क्रमणको कारण हुने गम्भीर समस्याबाट सुरक्षा प्रदान गर्न सक्ने भए तापनि यी प्रारम्भिक तथ्याङ्कबाट यो स्पष्ट हुन्छ कि हाम्रो खोपको तेस्रो मात्राले सुरक्षामा थप सुधार हुनसक्छ।’

    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.