सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओमिक्रोनविरुद्ध अहिलेकै खोपले काम गर्न सक्छन् : डब्ल्यूएचओ


  •    न्युजभित्तो/२२ मंसिर २०७८, बुधबार १२:१८ 
  • काठमाडौं,२२ मंसिर । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् ।

    दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का अधिकारीको पछिल्लो धारणा आएको हो ।

    अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् । तर डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा। माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हालसम्म कुनै संकेत फेला नपरेको बताएका छन् ।

    ‘हामीसँग गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउँने अनि सबै भेरियन्टविरुद्ध काम गरिसकेका निकै प्रभावकारी खोप छन्’ डा। रायनले भने, ‘नयाँ भेरियन्टको हकमा फरक अनुमान गर्नुपर्ने कुनै कारण छैन ।’

    प्रारम्भिक तथ्याङ्कबाट समेत डेल्टा र अन्य भेरियन्टको तुनलामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको पनि रायनको भनाइ थियो ।

    दक्षिण अफ्रिकामा गरिएको नयाँ अध्ययनले भने सुरुको कोभिड स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध फाइजररबायोइन्टेक खोपको प्रभावकारिता ४० प्रतिशत कम हुन सक्ने देखाउँछ । तर उक्त अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।

    अध्ययनको नेतृत्व गरेका तथा अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरस विशेषज्ञ एलेक्स सिगलले समेत ओमिक्रोनले खोपबाट प्राप्त हुने एन्टिबडी छल्नेसम्बन्धी तथ्य ‘अपूर्ण’ रहेको बताएका छन् ।

    वैज्ञानिकहरूले पनि यसअघिको कोभिड संक्रमण, लगत्तैको खोप वा बुस्टर डोजका कारण रोग प्रतिरोधी क्षमता बढ्न सक्ने र मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने विश्वास गरेका छन् ।

    मोडेर्ना, जोनसन एण्ड जोनसनसहितका अन्य कोभिड ओमिक्रोनविरुद्ध काम गर्ने वा नगर्ने भनेर हालसम्म महत्वपूर्ण तथ्य बाहिर आइसकेको छैन । ओमिक्रोनविरुद्ध फाइजर खोप के(कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्याङ्क बाहिर आउने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.