सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १५:५३ 
  • नयाँ दिल्ली,२१ मंसिर । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ। सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन्। उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन।

    केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ। भारतमा पछिल्लो समयका सवैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ। पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन हजार २७७ जना रहेका छन। मन्त्रालयका अनुसार भारतमा अहिले कोरोनाभाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या ९५ हजार १४ रहेको छ। यो सङ्ख्या पनि ५५४ दिनपछिकै सवैभन्दा कम रहेको मन्त्रालयका अधिकारीहरुको भनाई छ।

    कूल सङ्क्रमित मध्ये एक प्रतिशतभन्दा कम मात्रै अहिले सङ्क्रमित अवस्थामै रहेका हुन्। मन्त्रालयले पछिल्लो एक दिनमा १० हजार चार जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको जनाएको छ। दैनिक सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि निकै कम भएको हो। भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या तीन करोड ४० लाख ७९ हजार ६१२ रहेको छ।

    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.