सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विवाहपञ्चमी केन्द्रित ‘हेल्थ डेस्क’ सञ्चालन


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १०:४३ 
  • महोत्तरी, २१ मङ्सिर ।  विवाहपञ्चमी महोत्सवलाई मध्यनजर गर्दै महोत्तरीका नेपाल–भारत प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका छन् । महोत्सवका लागि अयोध्याबाट आउने जन्ती र छिमेकका भारतीय बस्तीबाट नेपाल प्रवेश गर्ने साधुसन्त र सर्वसाधारण श्रद्धालु भक्तजनका लागि जिल्लाका नेपाल–भारत सीमाक्षेत्रका प्रवेश नाकामा ‘हेल्थ डेस्क’ सञ्चालन गरिएका हुन् । जिल्लामा महोत्सवका लागि भारतीयहरू आउने मटिहानी र भिठ्ठामोर मुख्य प्रवेश नाका रहँदै आएका छन् ।

    जनकपुरधाममा आयोजना हुने विवाहपञ्चमी महोत्सवकै मुखमा भारतका विभिन्न ठाउँमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ सङ्क्रमण पुष्टि भएपछि पूर्वसजगताका लागि ‘हेल्थ डेस्क’ सञ्चालन गरिएको मटिहानी नगरपालिकाले जनाएको छ । नाकामा नगरपालिकाको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी, सुरक्षा निकायका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सामाजिक सङ्घसंस्थाका अगुवा सम्मिलित दुईवटा टोली परिचालित गरिएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिनुभयो । अतिआवश्यक स्वास्थ्य सामग्री थर्मलगन, मास्क, सेनिटाइजर लिएर बसेका टोलीले नेपाल प्रवेश गर्नेको प्रारम्भिक स्वास्थ्य जाँच गरेर अनिवार्य मास्क लगाउने प्रबन्धसाथ प्रवेशको व्यवस्था मिलाएको छ ।

    महोत्सवमा स्वास्थ्य सजगता अपनाउन मटिहानीका मुख्य नाका, मठमन्दिर, बजार र रामजानकी सडक (मटिहानी–जनकपुर सडक) क्षेत्रमा स्वास्थ्य सजगता अपिल गरिएका ‘होर्डिङबोर्ड’ राखिएका छन् । भारतबाट आउने र यहीँकै स्थानीयवासीमा पनि नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध सचेतताका लागि यो प्रयत्न थालिएको नगरप्रमुख मण्डलको भनाइ छ । यसैगरी भिठ्ठामोर प्रवेश नाकामा पनि जलेश्वर नगरपालिकाको स्वास्थ्य शाखा, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधि सम्मिलित टोली परिचालित गरिएका छन् ।

    महोत्सवमा अयोध्याबाट आउने जन्तीको प्रवेश नाका मटिहानी र भिठ्ठामोर हुने गरेको छ । विगत वर्षमा महोत्सवमा भारततर्फबाट निकै भीड पस्ने गरे पनि गत वर्ष महाव्याधि छल्न नाका बन्द नै रहेको र यसपालि पनि सो असर पूर्ण नियन्त्रण नभइसकेको हुँदा प्रवेश गर्नेको सङ्ख्या घटेको देखिँदो छ । महोत्सवको मुख्य दिन विवाहपञ्चमीको एक दिनपूर्व भारतीय श्रद्धालु नेपाल प्रवेश गर्ने पुरानो परम्परा छ । यसअनुसार भोलिको पञ्चमीका लागि भारतीय साधुसन्त र सर्वसाधारण आज नेपाल प्रवेश गर्नेछन् । नेपाल प्रवेश गर्नेको स्वास्थ्य जाँचसहित प्रारम्भिक आकष्मिक उपचारलाई पनि मध्यनजर गर्दै औषधिको व्यवस्था पनि मिलाइएको मटिहानी नगरपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.