सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एक सय शैय्याको आफ्नै अस्पताल हुनेलाई नर्सिङ्मा भर्नाः मन्त्री पौडेल


  •    न्युजभित्तो/२१ मंसिर २०७८, मंगलवार १०:३३ 
  • चितवन, २१ मंसिर । शिक्षा मन्त्री देवेन्द्र पौडेलले आफ्नै एक सय शैय्याको अस्पताल भएका कलेजहरुले मात्र नर्सिङ् संञ्चालन गर्न पाउने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्नुहुँदै उहाँले चिकित्सा शिक्षा आयोगले वनाएको ऐन भन्दा वाहिर गएर काम गर्न नसकीने बताउनुभएको हो ।

    आयोगले दुई वर्ष पहिला वनाएको ऐनले आफ्नै स्वामित्वमा रहेका कलेजहरुलाई एक सय शैय्याको अस्पताल बनाउन भनिएको भन्दै उहाँले भन्नुभयो “मापदण्ड पुगेका कलेजहरुले पढाउन पाउँछन् ।” अन्यको हकमा सल्लाहा भईरहेको उहाँले जानकारी दिनुभयो ।

    उहाँले थप्नुभयो “पढ्न नपाईने रोकीएको भन्ने होईन । मान्यताप्राप्त गरेका कलेजहरुमा बिज्ञापन भइ सकेको छ ।” मन्त्रालयमा केही दिन अघि वसेको बैठकले मान्यता प्राप्त एक सय शैय्याका अस्पताल भएका सबै कलेजमा पठनपाठन सुरु गर्न भनेको उहाँको भनाई छ ।

    पिसिएल नर्सिङ् अध्ययन वि।सं। २०८० सालबाट खारेज गर्ने भनिएको हुँदा अब संञ्चालन गर्न नसकीने बताउनुभयो । उहाँले भन्नुभयो “अब देखि कक्षा सञ्चालन गर्दा पाँच वर्ष भन्दा कम समय भएको हुदाँ ऐन अनुसार स्थगन गरेका हौं ।” यस बिषयमा सरोकारवालाहरुसंग छलफल गरेर आबश्यक परे ऐन संसोधन गरिने उहाँले वताउनुभयो । अहिलेका लागि ऐन वाहिर गएर काम गर्न नसकीने उहाँको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.