सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मलेसियामा पनि ओमिक्रोन, स्वास्थ्य सेवा सुदृढ गर्न डब्ल्यूएचओको आह्वान


  •    न्युजभित्तो/१७ मंसिर २०७८, शुक्रबार १४:०२ 
  • काठमाडौं,१७ मंसिर। दक्षिण अफ्रिकामा पहिलो पटक पहिचान गरिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन फैलिने क्रम जारी छ ।

    मलेसियामा समेत ओमिक्रोनका एक संक्रमित फेला परेका छन् । मलेसियाका स्वास्थ्य मन्त्री खयरी जमालुद्दिनले आफ्नो मुलुकमा ओमिक्रोनको पहिलो संक्रमण पुष्टि भएको बताएका हुन् । नोभेम्बर १९ गते दक्षिण अफ्रिकाबाट सिंगापुर हुँदै मलेसिया आएका विदेशी यात्रुमा संक्रमण देखिएको उनको भनाइ थियो ।

    मलेसियाको स्वास्थ्य विभागले समेत दक्षिण अफ्रिकाबाट आएका २५४ जना यात्रुमध्ये एकजनामा ओमिक्रोन पुष्टि गरेको छ । ती यात्रुमध्ये कम्तिमा ८३ जनामा कोरोना नेगेटिभ देखिएको, १३४ जनाको परीक्षण रिपोर्ट आउन बाँकी रहेको र ३५ को स्वाब परीक्षण गर्नु नपरेको विभागको भनाइ छ ।

    फिलिपिन्समा दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा कोभिड-१९ पुष्टि भएको र कुन भेरियन्ट भनेर तय गर्न जिन सिक्वेन्सिङ भइरहेको अलजजिराले बताएको छ ।

    यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले एसिया-प्रशान्त क्षेत्रका मुलुकमा स्वास्थ्य सेवा सुदृढ पार्दै र मानिसहरूलाई पूर्ण खोप लगाउँदै ओमिक्रोन भेरियन्टबाट हुन सक्ने संभावित संक्रमणका लागि तयारी गर्न भनेको छ ।

    ‘सीमा बन्द गर्दा केही समय संक्रमण रोक्न सकिन्छ तर संभावित नयाँ संक्रमण लागि सबै मुलुक र समुदायले तयारी गर्नुपर्छ’, डब्ल्यूएचओकाव क्षेत्रीय निर्देशक टाकेशी कासाईले भने । यात्रामाथिको कडाइमा मात्रै भर पर्न नहुने र संभावित संक्रमण रोक्नका लागि खोप लगाउने सहितका अन्य उपाय समेत अपनाउनु पर्ने उनको भनाइ थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.