सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

विश्व एड्स दिवसको अवसरमा सिएमएसका विद्यार्थीको जनचेतनामूलक -याली


  •    न्युजभित्तो/१५ मंसिर २०७८, बुधबार १५:२० 
  • चितवन, १५ मंसिर । विश्व एड्स दिवसको अवसरमा कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (सिएमएस) (पुरानो मेडिकल कलेज)का विद्यार्थीहरुले जनचेतनामूलक (याली आयोजना गरेका छन् । कलेजको एमबिबिएस २२ औं ब्याजका विद्यार्थीहरु र प्रवाह ग्रुपकाले (याली आयोजना गरेका हुन् ।

    कलेज प्राङ्गणबाट निस्किएको जनचेतनामूलक ¥याली भरतपुर अस्पताल, चौबीसकोठी, वीरेन्द्र क्याम्पस चोक, दीपेन्द्र चोक हुँदै पुनः कलेजमा आएर कोणसभामा परिणत भएको थियो । (यालीमा सहभागीहरुले एचआईभी÷एड्सबारे जनचेतना फैल्याउन खालका प्लेकार्ड बोकेका थिए ।

    ¥यालीपछि आयोजित कार्यक्रममा कलेजका प्रिन्सिपल प्रा।डा।महेश माधुरले एचआईभीरएड्सबारे अझै पनि समाजमा जनचेतनाको कमी रहेको बताउनुभयो । उहाँले एड्सको वैज्ञानिक पृष्ठभूमिबारे चर्चा गर्नुभएको थियो । उहाँले एड्स नियन्त्रण गर्न यस्ता खालका जनचेतनामूलक कार्यक्रमहरु व्यापक रुपमा गर्नुपर्नेमा जोड दिनुभयो ।

    उहाँले एचआईभी संक्रमित व्यक्तिसँग असुरक्षित यौन सम्पर्कबाट, संक्रमित गर्भवती महिला र स्तनपान गराइरहेकी आमामार्फत् शिशुलाई, संक्रमित व्यक्तिको रगत लिएमा वा दिएमा वा अंग प्रत्यारोपण गरेमा, लागूपदार्थ सेवनमा निर्मलीकरण नगरेका सिरिन्जको प्रयोग गरेमा सर्ने बताउनुभयो ।

    एचआईभीले शरीरको रोग प्रतिरोधात्मक क्षमतालाई घटाउने बताउँदै माधुरले यसका कारणले शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएर क्षयरोग, क्यान्सर, निमोनिया जस्ता विभिन्न अवसरवादी रोगहरु लाग्न सक्ने बताउनुभयो । उहाँले एचआईभी संक्रमणको उग्र रुपलाई एड्स भनिने जानकारी दिनुभयो ।

    कलेजका सहायक प्राध्यापक डा.प्रेरणा बन्सालले एड्सको वर्तमान अवस्थाबारे चर्चा गर्दै एड्स रोकथाममा मेडिकल शिक्षाका विद्यार्थीहरुले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउनुभयो ।

    एड्स रोग लागेमा पहिलो चरणमा रुघाखोकी, ज्वरो, थकान, मांसपेशीको दुखाई जस्ता साधारण लक्षणहरु देखिने जानकारी दिंदै डा.बन्सालले जुन सामान्य उपचारबाट हराउँने बताउनुभयो । उहाँले अगाडि भन्नुभयो “यसपछि एचआईभी भाईरस शरीरमा लामो समयसम्म लक्षणबिना आफ्नो संख्या बृद्धि गर्दछ । यस दौरान एचआईभी भाईरसले शरीरको प्रतिरक्षा प्रणालीको सिडिफोर कोषहरुलाई नष्ट गरी रोग प्रतिरोधात्मक क्षमतामा क्रमिक ह्रास ल्याउँदछ ।”

    सुरक्षित यौन सम्पर्क गर्ने अथवा यौन सम्पर्क गर्दा कण्डमको प्रयोग गर्ने, मानव अंग र रगत परीक्षण गराएर मात्रै लिने वा दिने गर्नुपर्ने उहाँको भनाई छ । निर्मलीकरण नगरिएका सिरिन्जको प्रयोगबाट समेत यो रोग सर्ने उहाँले बताउनुभयो । कार्यक्रमको संयोजन प्रभा समूहका प्रमुख कमलराज बरालले गर्नुभएको थियो ।

    सिएमसिजी विभिन्न समयमा स्वास्थ्य जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । कलेजले विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर गरेर ग्रामीण भेगका जनतालाई सेवा समेत दिंदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.