सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ओमिक्रोन भेरियन्टका कारण अहिल्यै लकडाउन गर्न आवश्यक छैन : अमेरिकी राष्ट्रपति


  •    न्युजभित्तो/१४ मंसिर २०७८, मंगलवार १२:१३ 
  • काठमाडौं,१४ मंसिर । अमेरिकी राष्ट्रपति जो वाइडेनले कोरोनाको ओमिक्रोन भेरियन्ट ‘चिन्ताको कारण हो,तर घबराहटको कारण नभएको’ बताएका छन्। उनको यो भनाइ उत्तरी अमेरिकामा ओमिक्रोन संक्रमणको घटना सार्वजनिक भएसँगै आएको हो।

    उनले भने ‘यदी मानिसले खोप लगाएका छन् र मास्क लगाइरहेका छन् भने अहिले लकडाउन गर्न आवश्यक छैन।’ अमेरिकाले आठ अफ्रिकी देशमा यात्रा प्रतिबन्ध लगाएको छ। ‍क्यानडामा ओमिक्रोन संक्रमित फेला परेका छन्।

    राष्ट्रपति वाइडेनले संक्रमण रोक्नका लागि खोपका बाबजुद अमेरिकामा गत सालको तुलनामा कोरोनाबाट धेरै मानिसको मृत्यु भएको जनाए।

    सोमबार ह्वाइट हाउसमा राष्ट्रपतिले भने ‘दक्षिण अफ्रिकामा पाइएको ओमिक्रोन कुनै दिन आउने छ र यसलाई रोक्न सकिँदैन।’

    उनले खोप उत्पादक कम्पनीहरुले नयाँ खोपको लागि योजना बनाइरहेको बताए। गत हप्ता अमेरिकाले ‍दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वातिनी, मोजाम्बिक र मलावीसँगको उडानमा प्रतिन्ध लगाएको थियो।

    क्यानडा, बेलायत, युरोपेली संघ र अन्य देशले पनि दक्षिणी अफ्रिकाको यात्रा प्रतिबन्ध लगाएका छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.