सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए


  •    न्युजभित्तो/१३ मंसिर २०७८, सोमबार १५:१७ 
  • वाग्मती, १३ मङ्सिर । मकवानपुर जिल्लामा हालसम्म ५९ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

    हेटाँैडा उपमहानगरपालिकामा ८८ प्रतिशत र अन्य पालिका र स्थानीय ग्रामीण तथा दुर्गम क्षेत्रमा २४ देखि ३० प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाएको जनाइएको छ । जिल्लामा एकमात्रा मात्र खोप लगाएका ५१ प्रतिशत र दुई मात्रा खोप लगाएका ५९ प्रतिशत रहेको बताइएको छ । मकवानपुर जिल्लामा अठार वर्षमाथिकाको जनसङ्ख्या तीन लाख चार हजार ६४७ रहेको र ती सबैलाई सो खोप दिने लक्ष्य रहेको सो कार्यालयले जनाएको छ ।

    सबै गाउँपालिकामा खोपको व्यवस्था गरिएको सो कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । कोरोनाविरुद्धको कार्यक्रमअन्तर्गत कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तथा हेटौँडा अस्पतालसँगको सहकार्यमा नियमितरुपमा कार्यक्रम सञ्चालन भइरहेको र कोरोनाविरुद्धको खोपको विवरण सङ्कलन भई सार्वजनिक पनि हुँदै आएको कार्यालयले जनाएको छ ।

    कोरोना नियन्त्रणका साथै कोरोना सङ्क्रमितको सहज उपचारका लागि १७ वटा एम्बुलेन्समा जिपिएस जडान गरी कोरानाविरुद्धको खोपलाई प्राथमिकतामा राखेर खोप दिइएको कार्यालयले जनाएको छ ।

    साथै सो कार्यालयले क्षयरोग, कुष्ठरोग, मानसिक रोग र एचआइभी सङ्क्रमको उपचार भइरहेको बताइएको छ । सो कार्यालयले चालू आर्थिक वर्षमा विभिन्न स्वास्थ्यका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

    यस कार्यालयबाट बाल स्वास्थ्य कार्यक्रमअन्तर्गत पोषण कार्यक्रम, बालबालिकामा नियमित खोप, बालभिटा, जुकाको औषधि वितरण, परिवार स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत सुरक्षित मातृत्व सेवा, परिवार नियोजन सेवा, सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनसम्बन्धी सेवाका स्थायी साधन र विभिन्न आवश्यक सामग्री स्थानीय तहसँग समन्वय गरेर सेवा उपलब्ध गराइएको छ ।

    यस्तै सामुदायिक स्वास्थ्य सेवाअन्तर्गत गाउँघर क्लिनिक, सुत्केरी सेवा तथा राष्ट्रिय भिटामिन ए कार्यक्रम र गर्भ जाँच गर्ने जस्ता सेवालगायतका जनचेतना कार्यक्रम सो कार्यालयले गर्दै आएको बताइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
    ‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’
    आज पनि घट्यो नेप्से परिसूचक
    • तस्बिरमार्फत गुल्मी चिनाउँदै दिनेश
    • मधेसको खानेपानी सङ्कट समाधानमा संसदीय समितिको जोड
    • अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
    • अटो चलाएर आत्मनिर्भर बन्दै महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.