सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारले कोभिड अति प्रभावितलाई १० हजार रुपैँयाका दरले उपलब्ध गराउने


  •    न्युजभित्तो/२५ कार्तिक २०७८, बिहीबार १५:१९ 
  • काठमाडौँ, २५ कात्तिक । सरकारले कोभिड अति प्रभावित परिवारलाई प्रतिपरिवार १० हजार रुपैँयाका दरले उपलब्ध गराउने भएको छ। करीव ५ लाख विपन्न परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँका दरले नगद उपलव्ध गराउने प्रक्रिया अघि बढाएको भन्दै अर्थ मन्त्रालयले सूचना जारी गरेको छ। मन्त्रालयले विहीबार सूचना जारी गर्दै नगद अनुदान लिन चाहने परिवारले १५ दिन भित्र निवेदन दिन आग्रह गरेको छ ।

    कस्ता परिवारले पाउँछन् १० हजार अनुदान ?

    खुल्ला सडक , फुटपाथ वा चौरमा खर्पन नागलो, डोको आदिनमा सामान बेच्ने अति विपन्न व्यवसायी ।
    विगतमा गर्दै आएको रोजगारी पूर्णरुपमा गुमाएको र रोजगारीको अर्को अवसर समेत प्राप्त गर्न नसकी बेरोजगार भएको असंगठित क्षेत्रको मजदुर वा कामदार।

    दैनिक ज्याला मजदुरी गर्ने भरिया, कृषि मजदुर, गोठाला, खेताला, ज्यालादारी श्रमिक रिक्साचालक, ठेलागाडा मजदुर, सार्वजनिक यातायातका मजदुर, पर्यटक भरिया ।

    कोभिड १९ संक्रमणका कारणबाट एकाघर परिवारको आय आर्जन गर्ने मुख्य सदस्यको मृत्यु भई आर्थिक अड्चन झेल्नु परेका परिवार तथा अभिभावक गुमाएका असहाय नावालकलाइ स्याहार गर्ने परिवार ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.