सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पाल्हीनन्दनमा पन्ध्र शय्याको अस्पताल सञ्चालनमा आउँदै


  •    न्युजभित्तो/२४ कार्तिक २०७८, बुधबार १३:२१ 
  • परासी, २४ कात्तिक । ग्रामीण क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा पु¥याउन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को पाल्हीनन्दन गाउँपालिकाले पन्ध्र श्ययाको अस्पताल सञ्चालनको तयारी थालेको छ । पाल्हीनन्दन–४ स्थित पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी अस्पताल सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

    जिल्लाको दक्षिणी भारतीय सीमा क्षेत्रमा अवस्थित यस गाउँपालिकामा सुविधा सम्पन्न अस्पताल छैन् । यहाँका बिरामी सदरमुकाम परासी, बुटवल, भैरहवा तथा भारतीय अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालको लागि भौतिक पूर्वाधार तयार भइसकेको छ भने यन्त्र उपकरण र जनशक्तिको व्यवस्थापन भइरहेको गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता ९दीपक०ले राससलाई जानकारी दिनुभयो । “करिब रु साँढे छ करोडको लागतमा अस्पताल भवन निर्माण भएको छ, जनशक्ति र उपकरण व्यवस्थापन गरी अव पाल्हीनन्दन अस्पतालको रुपमा सञ्चालनमा ल्याउँछौँ”, उहाँेले भन्न्ुभयो । नवनिर्मित भवनबाट हाल पाल्ही प्राथमिक स्वास्थ्य केन्द्रको सेवा शुभारम्भ गरिएको छ भने आवश्यक प्रक्रिया पूरा गरेर अस्पतालमा परिणत गरिने गाउँपालिका अध्यक्ष गुप्ताले बताउनुभयो । तत्कालका लागि सोही स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सेवा प्रवाह गरिने उहाँले बताउनुभयो ।

    पन्ध्र श्यया अस्पतालको लागि गाउँपालिकास्तरबाट गर्नुपर्ने आवश्यक प्रक्रिया पूरा भएको र सङ्घीय सरकारबाट अनुमति पाएपछि अस्पताल सञ्चालनमा आउने प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले जानकारुी दिनुभयो । “सरकारले तोकेका मापदण्डअनुसार चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी भर्ना गर्ने, औषधि खरिद, प्रयोगशाला, सामान्य शल्यक्रियाको लागि आवश्यक यन्त्र उपकरणको खरिदलगायतका कार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.