सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भारतमा दैनिक संक्रमितको संख्या घट्यो


  •    न्युजभित्तो/१६ कार्तिक २०७८, मंगलवार १६:१९ 
  • नयाँदिल्ली, १६ कात्तिक । भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको सङ्ख्या फेरि घटेको छ। पछिल्लो २४ घण्टामा १० हजार ४२३ जना मात्रै नयाँ संक्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ। भारतमा अहिले एक लाख ५३ हजार ७७६ जना सक्रिय संक्रमित रहेका पनि मन्त्रालयले जनाएको छ।

    यो सङ्ख्या २५० दिनपछि कै सबैभन्दा कम भएको अधिकारीले जनाएका छन्। भारतमा अहिले सक्रिय अवस्थामै रहेकाको सङ्ख्या कूल संक्रमितको सङ्ख्याको ०.४५ प्रतिशत मात्रै हो। अर्थांत हाल सक्रिय संक्रमित यो संख्या सन् २०२० को मार्चपछि सब भन्दा कम हो।  यसअघि झण्डै १३ हजारको हाराहारीमा दैनिक संक्रमित हुने गरेकोमा अहिले करिब १० हजार ५०० घटेको छ। सोमबार भारतमा १५ हजार २१ जना कोरोना सङ्क्रमण मुक्त भएका छन्। यससँगै कोरोना शुरु भएबाट हालसम्म तीन करोड ३६ हजार ८३ हजार ५८१ जना कोरोना मुक्त भएका छन्।

    भारतमा कोरोना भाइरसको परीक्षण ६१ करोड २ लाख भन्दा बढी भएको छ।  यहाँ गत जनवरीको १६ बाट कोरोनाविरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयबाट हामलसम्म एक अर्वभन्दा बढी डोज खोप लगाइएको छ। रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.