चितवनमा १८ जना कोरोना संक्रमित थपिँदा, ३९ संक्रमणमुक्त
न्युजभित्तो/१२ कार्तिक २०७८, शुक्रबार १४:५९
चितवन,१२ कात्तिक । जिल्लामा पछिल्लो २४ घन्टामा १८ जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधिमा ३९ जना कोरानो भाइरसको संक्रमणबाट मुक्त भएका छन् । भरतपुर महानगरका १२, खैरहनीमा १, माडीमा ३ र रत्ननगरमा २ जना कोरोना संक्रमित थपिएका छन् ।
चितवनमा सक्रिय संक्रमितको संख्या २७४ जना रहेका छन् भने होम आइसोलेसनमा २५५ जना छन् । चितवनमा हालसम्म २६ हजार ६०० जना कोरोना संक्रमित भएका छन् । हालसम्म २५ हजार ८९९ जना निको भएका छन् । अहिलेसम्म ४२७ चितवनवासीको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।