सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्री देउवाले दिए निर्देशन


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार १३:०८ 
  • काठमाडौं,११ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन्।

    बिहीबार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले खोपको कमी हुन नदिन निर्देशन दिएका हुन्। सरकारले कोरोनाविरुद्धको खोप नि:शुल्क लगाउने क्रम निरन्तर हुनुपर्ने भन्दै कमी भएमा दातासँग सहयोग माग्न, नभए आफैं खरिद गर्न निर्देशन दिएका हुन्। देउवाले सबै नेपालीले खोप पाउनुपर्ने बताएको प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए।

    बैठकमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र र स्वास्थ्य मन्त्रालयका तर्फबाट एक/एकवटा प्रस्तुती बैठकमा गरिएका थिए। मन्त्रालयले नेपालमा कोरोना संक्रमणको अवस्था, खोपको स्टक र पाइपलाइन बारे प्रस्तुती गरेको थियो। त्यस्तै कोरोना संक्रमणको जनशक्ति व्यवस्थापन र दरबन्दीलाई सुदृढ गर्ने बारे बैठक केन्द्रले प्रस्तुती गरेको थियो।

    स्वास्थ्य मन्त्रालयले करिब ३४ प्रतिशतले पहिलो र २२ प्रतिशत नागरिकले दुवै डोज खोप लगाएको प्रस्तुतीकरण बैठकमा गरेको थियो। सरकारले असोज मसान्तसम्म एक तिहाइ जनसंख्यासम्मलाई खोप लगाउने लक्ष्य लिएको थियो त्यो करिब पूरा भएको मन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार पछिल्लो चरणमा  फाइजर १ लाख  डोज आएको र पाइपलाइनमा मोडर्ना थप ४० लाख, फाइजर ४० लाख, चीनबाट थप ४० लाख भेरोसेल, माल्दिभ्सबाट २ लाख तथा क्यानडाबाट पनि थोरै मात्रमा आउने छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.